आईफोनको डिस्प्ले अझै पातलो र बलियो बनाउँदै एप्पल

  • Technology Khabar | १२ जेष्ठ २०७८, बुधबार
आईफोनको डिस्प्ले अझै पातलो र बलियो बनाउँदै एप्पल

काठमाडौं ।

एप्पलले आईफोनको डिस्प्ले अझै पातलो र बलियो बनाउनेतर्फ काम गरिरहेको छ। यसका लागि कम्पनीले डिस्प्लेको किनारामा शिशाले विशेष प्रकारको दरिलो पदार्थ राख्ने भएको छ।

कम्पनीले हालै यूएस पेटेन्ट एन्ड ट्रेडमार्क अफिसमा ‘इन्सर्ट मोल्डिङ अराउन्ड ग्लास मेम्बर्स फर पोर्टेबल इलेक्ट्रोनिक्स डिभाइसेज’ शीर्षकमा एउटा पेटेन्ट दर्ता गराएको छ।

सामान्यतया स्मार्टफोन तथा अरु मोबाइल डिभाइस र ठूला डिस्प्लेहरुमा मुख्य डिस्प्लेको अगाडि शिशाको प्यानल राखिएको हुन्छ। यो प्यानलले मुख्य डिस्प्लेलाई स्क्रयाच तथा अन्य समस्याबाट जोगाउनु हो।

हालै एप्पलले दर्ता गरेको पेटेन्टले कर्भ्ड डिस्प्लेमा झैं उक्त शिशाको प्यानल केही बाहिर नै रहने र अन्ततोगत्वा मुख्य डिस्प्लेको मोटाइ भने अझै पातलो देखाउनु रहेको बुझाउँछ।

प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...