
काठमाडौं ।
नेपालमा पछिल्लो १० महिनामा १ लाख २३ हजार ६६ वटा स्मार्टवाच आयात गरिएका छन्।
भन्सार विभागलै अद्यावधिक गरेको २०७७ साउनदेखि २०७८ वैशाख मसान्तसम्मको प्रतिवेदन अनुसार चीनबाट सबैभन्दा धेरै १ लाख १७ हजार १२१ ओटा तथा भारत बाट ३६३६ ओटा स्मार्टवाचहरु आयात भएका छन्।
यसबाहेक भियतनामबाट १ हजार २९९, अमेरिकाबाट ९५ र ताइवानबाट ६३, हङकङबाट ५९ र अस्ट्रेलियाबाट ३३ ओटा स्मार्टवाच आयात भएको देखिएको छ।
साथै यूएईबाट १४ र जापानबाट १८, कतारबाछ ४, कोरियाबाट १०, इजरायलबाट ३, क्यानडा र थाइल्याण्डबाट २-२, बेलायतबाट ३ तथा नेदरल्याण्ड्स, पोर्चुगल र फ्रान्स र न्यूजिल्याण्डबाट १-१ ओटा स्मार्टवाच आयात भएको तथ्याङक छ।
ती स्मार्टवाचका मूल्य समग्रमा २० करोड ७ लाख ९० हजार रुपैयाँ रहेको छ जसमध्ये चीनबाट आयात भएको १५ करोड १७ लाख १७ हजार, भारतबट ४३ लाख ५३ हजार, भियतनामबाट आयात भएको ४ करोड ८ लाख २३ हजार, ताइवानबाट ११ लाख ९२ हजार, अमेरिकाबाट ८ लाख १७ हजार, यूएईबाट ६ लाख १६ हजार तथा अस्ट्रेलियाबाट ६ लाख ७९ हजार रुपैयाँका रहेका छन्।
यस्तै हङकङबाट १ लाख ६४ हजार, जापानबाट १ लाख ४२ हजार, कोरियाबाट १ लाख, पोर्चुगलबाट ५४ हजार, न्यूजिल्याण्डबाट ४४ हजार तथा बेलायत र नेदरल्याण्ड्सबाट क्रमश ३६ हजार र १८ हजार बराबरका छन्।
पछिल्ला दिनमा स्मार्ट डिभाइस प्रयोग गर्नमा हरेक उमेर र वर्गका मानिसहरु आकर्षिक हुन थालेपछि स्मार्टफोनपछि स्मार्टवाच तथा स्मार्टब्याण्ड सबैको राोजाइमा पर्दै आएका छन्। सस्तो र नेपाली बजार सुहाउँदो भएकाले चीनबाट सर्वाधिक आयात भएको देखिन्छ।
प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार