वनप्लस नर्ड२ को घोषणा, सेप्टेम्बरमा सार्वजनिक हुन सक्ने

  • Technology Khabar | १२ जेष्ठ २०७८, बुधबार
वनप्लस नर्ड२ को घोषणा, सेप्टेम्बरमा सार्वजनिक हुन सक्ने

काठमाडौं ।

वनप्लसले हालै आफ्नो नर्ड सिरिजको नयाँ स्मार्टफोन नर्ड२ को घोषणा गरेको छ।

गत वर्ष जुलाइमा पहिलो पटक घोषणा भएको वनप्लस नर्ड त्यसै वर्षको अगस्तमा सार्वजनिक गरिएको थियो। त्यसयता उक्त सिरिजमा कुनै स्मार्टफोन नआए पनि कम्पनीले हालै आफ्नो वेबसाइटमा नर्ड२ आउँदै गरेको आधिकारिक जानकारी राखेको हो।

उक्त वेबसाइटमा बेलायत, जर्मनी र फ्रान्समा चलिरहेको स्टाडिया प्रिमियर एडिशनको प्रोमोको अत्यधिक सोधिने प्रश्न वा एफएक्यू सेक्सनमा यसका बारेमा जानकारी पोस्ट गरिएको पाइएको हो।

यो प्रोमो सेप्टेम्बर ३० सम्म चल्ने बुझिएको छ।

उक्त जानकारी अनुसार मिडियाटेककफ डाइमेन्सिटी १२०० चिपसेट रहने बुझिएको छ भने यसबाहेक अन्य कुनै स्पेसिफिकेशन उपलब्ध गराइएको छैन।

प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...