मोबाइल नेटवर्क बिस्तारलाई तिब्रता दिँदै एनसेल, एक वर्षमा कुल २६९ नयाँ बेस स्टेशन थपिए

Technology Khabar १२ जेष्ठ २०७८, बुधबार

काठमाडौं ।

निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले आफ्नो नेटवर्क बिस्तारमा तिब्रता दिएको देखिएको छ । कम्पनीले एक वर्षको अवधिमा नै कम्पनीले द्रूत गतिमा नेटवर्क बिस्तार गर्दै गएको देखिएको छ ।

एनसेलको मूख्य लगानीकर्ता कम्पनी आजियाटाले हालै सार्वजनिक गरेको २०२१ को पहिलो त्रैमासिकको वित्तीय बिबरणअनुसार एनसेलले आफ्नो नेटवर्क तिब्रगतिमा बिस्तार गर्दै लगेको देखिएको छ । कम्पनीले एक वर्षको अविधमा नै करिब २६९ वटा नयाँ टावरहरु थप गर्न सफल भएको देखिन्छ ।

कम्पनीको तथ्यांकअनुसार कम्पनीले २०२१ को पहिलो त्रैमासमा थ्रीजी बेस स्टेशनहरुको टावर बढाएर ३ हजार ३०६ वटा पुर्याएको छ ।

अघिल्लो वर्ष सोहि अवधिमा यस्तो टावरको संख्या केबल ३ हजार २०८ वटा मात्र थियो । यसमा थ्रीजी टावरमा कम्पनीले ९८ टावर थप गरेको देखिन्छ ।

त्यसैगरि फोरजी नेटवर्कमा पनि कम्पनी थप ससक्त भएको देखिएको छ । फोरजी नेटवर्कको बेस स्टेशन टावर बिस्तार गर्दै एनसेलले यस वर्षको पहिलो त्रैमासमा ३ हजार ४६१ वटा टावर स्थापना गरेको छ ।

कम्पनीसँग अघिल्लो वर्ष सोहि अवधिमा यस्तो टावर ३ हजार २९० वटा मात्र थियो । यसको अर्थ कम्पनीले एक वर्षको अवधिमा फोरजी टावर मात्रै १७१ वटा थप गरेको छ ।

हाल कम्पनीसँग कुल ६ हजार ७६७ वटा बेस स्टेशनहरु रहेको तथ्यांकमा देखिन्छ ।

*हेडलाइन सम्पादित

प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार

तपाइको प्रतिक्रिया