काठमाडौं ।
छिमेकी मुलुक भारतमा फेसबुक, ट्विटर, इंस्टाग्राम, ह्वाट्सएप लगातार डाटा प्राइवेसीको विषयमा अहिले चर्चामा रहेका छन् । यसैबिच मे २६ तारिखदेखि भारतमा सोसल मिडिया कम्पनीहरु प्रतिबन्धित हुन सक्ने चर्चाहरु आएका छन् ।
वास्तवमा गएको २५ फेब्रुअरीमा भारतको इलेक्ट्रोनिक्स तथा सूचना मन्त्रालयले नयाँ नियमहरू पालना गर्न आदेश दिँदै सो नियमहरु सोसल मिडिया प्लेटफर्महरुले तीन महिना भित्र पुरा गर्नुपर्ने भनेको थियो । र सो म्याद सकिएको छ र आज २६ मेदेखि नयाँ निर्देशन लागू हुनेछ ।
यसैबिच आगामी दुई दिनमा यी एप्समा प्रतिबन्ध लाग्ने अनुमान गरेर भारतीय मिडियाहरुले समाचार प्रकाशित गरेका छन् ।
केन्द्र सरकारले २५ फेब्रुअरी २०२१ मा भारतको इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयमार्फत डिजीटल कन्टेन्टको नियमनका लागि ३ महीना भित्र माण्डल कम्प्लायन्स अफिसर, नोडल अफिसर आदि नियुक्त गर्न भनिएको थियो र यसको लागि सबै कार्यक्षेत्र भारतमा हुनुपर्छ भनिएको थियो ।
सरकारद्वारा दिइएको आदेश अन्तर्गत कम्प्लायन्स अफिसरहरुको कार्यालय हुनुपर्छ र उनीहरुको नाम र सम्पर्क ठेगाना भारतमा हुनुपर्नेछ । त्यसैगरि गुनासो समाधान, आपत्तिजनक कन्टेटको निगरानी, कम्प्लायन्स रिपोर्ट र आपत्तिजनक सामग्री हटाउने विषयहरु समावेश छन् ।
यो नयाँ नियम अन्तर्गत एक कमिटी समेत गठन गरिनेछ जसमा रक्षा, एक्सटर्नल अफेयर्स, गृह मन्त्रालय, सूचना प्रसारण मन्त्रालय, कानून, आईटी, वुमेन र चाइल्ड डेभलपमेन्ट मन्त्रालयका प्रतिनिधिहरु रहनेछन् । यस कमिटीसँग आचारसंहिताको उलंघनको गुनासोमा सुनुवाई गर्ने अधिकार हुनेछ ।
यद्यपि केही प्लेटफर्महरुले यसमा ६ महिनाको समय माग गरेका थिए भने कोहीले तिनीहरू अमेरिकामा रहेको मुख्यालयबाट निर्देशनहरूको प्रतीक्षा गरिरहेको बताएका थिए । भारतिय मिडिया स्रोतहरूलाई उल्लेख गरेर आएका रिपोर्टअनुसार यी कम्पनीहरूले भारतमा काम गरिरहेका छन् र भारतबाट नाफा कमाइरहेका छन् तर ग्रीन सिग्नललाई निर्देशनहरूको पालनाका लागि कुर्दै छन्।
स्रोतहरुका अनुसार यस्ता नियम पालना नगर्ने कम्पनीहरुको इंटरमीडियरी स्टेटस समाप्त हुनेछ र उनीहरुलाई अपराधिक कानूनमा कारबाही गर्न सकिने बताईएको छ ।
फेसबुकले भने भारतीय सरकारको नियम पालना गर्न प्रतिबद्ध रहेको बताएको छ । कम्पनीले ८० वटा निर्देशनहरु पालना गर्न र सरकारसँग सहकार्य गर्न थप काम गर्ने उल्लेख गरेको छ । एजेन्सीहरु
प्रकाशित: १२ जेष्ठ २०७८, बुधबार