
काठमाडौं ।
चीनको इन्टरनेट वाचडगले अवैध डाटा संकलन र व्यक्तिगत डाटाको प्रयोग गर्ने देशको सबैभन्दा लोकप्रिय मोबाइल एपहरूको नाम सार्वजनिक गरेको छ। यसमा चिनियाँ संस्करणको टिकटक, कुइशउ, लिंक्डइन र १०२ अन्य एपहरू सहितले अवैध डाटा संकलन र व्यक्तिगत डाटा प्रयोग गरेको आरोप लगाएको छ।
‘चीनको साइबरस्पेस एडमिनिस्ट्रेशन (सीएसी) काअनुसार प्रयोगकर्ताहरूबाट गुनासो प्राप्त भएपछि १०५ वटा एपले धेरै कानूनको उल्लंघन गरेको र अवैध पहुँच, अत्यधिक डाटा संकलन र अत्यधिक अधिकारमार्फत व्यक्तिगत जानकारीको उल्लंघन गरेको पत्ता लगाएको छ,’ यसको बारेमा वीच्याट एकाउन्टमा राखिएको अधिकारीक सूचनामा भनिएको छ।
यसमा कुइशउ र बाइटडान्सको स्वामित्वमा रहेको टिकटकसहित छोटो भिडियो एपहरुको साथै सूचीमा माइक्रोसफ्टको स्वामित्वमा रहेको लिंक्डइन र बिङ्ग, टेन्सेन्टको स्वामित्वमा रहेको म्यूजिक स्ट्रिमिंग सेवा कुगाउ र सर्च इन्जिन जायन्ट वैदूको मोबाइल ब्राउजर समावेश रहेका छन् ।
सबै १०५ वटै एप्सले आगामी १५ दिनभित्र ती डाटा पहुँचहरु हटाउनुपर्नेछ र कानूको उलंघनलाई रोक्नुपर्ने बताईएकोछ । एजेन्सी
प्रकाशित: ११ जेष्ठ २०७८, मंगलवार