ब्रोडब्याण्ड नेटवर्कको काम १० जिल्लामा सम्पन्न, सर्वसाधारणले समेत सेवा लिनसक्ने

  • Technology Khabar | १० जेष्ठ २०७८, सोमबार

काठमाडौं ।

ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) परिचालन गरेर निर्माण गरिएको ब्रोडब्याण्ड नेटवर्कमध्ये दुईववटा परियोजनाहरु सम्पन्न भएकोे छ ।

नेपाल दूरसञ्चार प्राधिकरणकाअनुसार वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड र टेकमाइण्डस नेटवर्क प्रालिले कोषको रकममार्फत निर्माण गरेको १० जिल्लाका परियोजनाहरु सम्पन्न भएको जानकारी दिएको छ ।

त्यसरी ब्रोडब्याण्ड नेटवर्क परियोजना सम्पन्न हुनेमा कास्की, लमजुङ, पर्वत, स्याङ्जा र तनहुँ एउटा प्याकेजमा छ भने इलाम झापा मोरङ, सुनसरी र उदयपुर अर्को प्याकेजमा रहेकोछ ।

कास्की लगायतका जिल्लाहरुमा वर्ल्डलिंक कम्युनिकेसन्सले ब्रोडब्याण्ड नेटवर्क तयार पारेको छ भने इलाम लगायतका जिल्लाहरुमा टेकमाइण्डसले सम्पन्न गरेको छ ।

परियोजना सम्पन्न भएका जिल्लाहरुका नगरपालिका, गाउँपालिका, सामुदायिक माध्यमिक विद्यालय, वडा कार्यालय, र सामुदायिक स्वास्थ्य संस्था अस्पताललगायतमा सेवा उपलब्ध गराईएको प्राधिकरणले जनाएको छ ।

सो बारेमा कुनै गुनासो भएमा सम्बन्धित सेवा प्रदायकलाई सम्पर्क गर्न समेत सुझाब दिईएको छ भने सेवा प्रदायकबाट गुनासो सम्बोधन नभएको खण्डमा प्राधिकरणमा सिधै सम्पर्क गर्न भनिएको छ ।

त्यसैगरि ति जिल्लाहरुका कुनैपनि कार्यालयहरुमा इन्टरनेट सेवा जडान गर्न छुट भएको भए १५ दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नका लागि समेत भनिएको छ ।

ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेर तयार पारिएको ब्रोडब्याण्ड नेटवर्कमार्फत इन्टरनेट सेवा लिँदा सर्वसाधारणले प्राधिकरणबाट स्वीकृत दरमा इन्टरनेट सेवा जडान गर्न सक्ने समेत सो सूचनामा उल्लेख छ ।

प्रकाशित: १० जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार