यस वर्ष मेमोरी चिपको बजार १५५ अर्ब डलर बराबरको हुने

  • Technology Khabar | १० जेष्ठ २०७८, सोमबार
यस वर्ष मेमोरी चिपको बजार १५५ अर्ब डलर बराबरको हुने

काठमाडौं ।

विश्वको चिप बजार यस वर्ष १५५ अर्ब डलर बराबरको हुने प्रक्षेपण गरिएको छ। आईसी इन्साइट्स नाम गरेको संस्थाको अनुसन्धान प्रतिवेदन अनुसार यस्तो प्रक्षेपण गरिएको हो।

प्रतिवेदनले आगामी वर्ष यसमा १६ प्रतिशतले वृद्धि भएर १८०अर्ब डलर बराबर पुग्ने पनि जनाएको छ। यदि उक्त प्रक्षेपण सही हुन आएको खण्डमा यसअघिको १६३ अर्ब डलरको सर्वाधिक रेकर्ड तोडिनेछ।

अनुसन्धान संस्थाले यसै क्रममा २०२३ मा २२ प्रतिशतको बढोत्तरी सहित हालसम्मकै सर्वाधिक १२९ अर्ब डलर पुग्ने पनि अनुमान गरेको छ।

हाल डाटा सेन्टर, सर्भर नोटबुक पर्सनल कम्प्युटर मोबाइल देखि गेमिङ कन्सोलसम्म यस्ता चिपको माग भइरहेले बजार वृद्धि हुने आकलन गरिएको हो।

माग बढेपछि मूल्य बढ्नु स्वाभाविकै भएकाले डीआरएएमको औसत मूल्य पहिलो त्रैमासमा ८ प्रतिशतले वृद्धि भएको थियो। यो वर्ष डीआरएएमले समग्रमा ५६ र एनएएनडी फ्लासले बाँकी ४१ प्रतिशत बजार ओगट्ने अपेक्षा गरिएको छ।

दक्षिण कोरियाली चिप निर्माता सामसङ तथा एसके हाइनिक्सले केही समयअघि आफ्नो मेमोरी चिपको बजार उकालो लाग्ने बताएका थिए।

प्रकाशित: १० जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...