मिर्मिरे लघुवित्तको मोबाइल बैंकिङ सेवा सुरु

  • Technology Khabar | ९ जेष्ठ २०७८, आईतवार
मिर्मिरे लघुवित्तको मोबाइल बैंकिङ सेवा सुरु

काठमाडौं ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबारदेखि आफ्ना ग्राहकलाई विधिवत रुपमा मोबाइल बैंकिङ सेवा दिन सुरु गरेको छ । लघुवित्तले इन्फो डेभलपर्ससँगको सहकार्यमा मोबाइल बैंकिङ सेवा तयार पारेको हो ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले संस्थाका अध्यक्ष टेकबहादुर बोहराले आफ्नो मोबाइलमा ‘मिर्मिरे स्मार्ट एप’ डाउनलोड गरी रजिष्टर गरेर विधिवत रुपमा उक्त सेवा सञ्चालनमा ल्याएका हुन् ।

यससँगै लघुवित्तका सदस्यहरुले मोवाइल बैंकिङ मार्फत सदस्यहरुले आफ्नो स्टेटमेन्ट हेर्ने, मोबाइलमा व्यालेन्स टपअप गर्ने, टेलिभिजन तथा इन्टरनेट, टेलिफोनको बील भुक्तानी गर्ने, इसेवा, खल्ती तथा फोन पे जस्ता डिजिटल वालेटहरुमा रकम ट्रान्सफर गर्ने, क्युआर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।

यस्तै लघुवित्तको मोबाइल बैंकिङ्ग सेवा मार्फत ५० भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरुमा रकम राख्न तथा झिक्न र विजुलीको बिल भुक्तानी गर्न, घरेलु हवाइ टिकट बुकिङ गर्ने लगायत दुई दर्जनभन्दा बढी सेवाहरु घरमा बसेर नै लिन सकिनेछ ।

उक्त एप एन्ड्रोइड फोनमा गुगलको प्लेस्टोर तथा आइ फोनमा एप स्टोर बाट मिर्मिरे स्मार्ट एप टाइप गरी उक्त एप्लिकेसन डाउनलोड गर्न सक्नेछ ।

प्रकाशित: ९ जेष्ठ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Karvika Thapa to speak at Harvard University on AI, startups, and Nepal’s economic transformation

  • Technology Khabar
  • ९ जेष्ठ २०७८, आईतवार