
काठमाडौं ।
एप्पलले एउटा लेख प्रकाशित गर्दै एप्पल म्युजिकमा आउँदै गरेको लसलेस अडियो सपोर्टका बारेमा जानकारी साझा गरेको छ।
यो फिचर सपोर्ट गर्ने विभिन्न डिभाइसमध्ये आईओएस १४.५ अपडेट भएका आईफोन र आईप्याड मोडलहरु तथा म्याकओएस ११.४ अपडेट भएका म्याक कम्युटरहरु रहनेछन्।
यी डिभाइसहरुमा यूजरहरुले २४ बिट, ४८ किलो हर्जसम्मको लसलेस अडियो बजाउन सक्नेछन् भने योभन्दा बढी गुणस्तरको अडियो बजाउन बाह्य डीएसी आवश्यक हुनेछ।
एप्पल टीभी फोरके मोडलमा पनि टीभीओएस ११.४ अपडेट गरिएको छ भने यो फिचर चलाउन सकिन्छ।
अहिले उत्पादन हुन छोडिसकेका होमपड तथा आउँदै गरेको होमपड मिनिमा पनि यो फिचर आगामी अपडेटमा उपलब्ध हुने बुझिएको छ। तर यस बाहेकका सबै वायरलेस एयरपड, एयरपड प्रो तथा एयरपड म्याक्समा यो उपलब्ध हुनेछैन। यिनीहरुमा ब्लूटूथका माध्यमबाट लसलेस अडियो पठाउन पनि सम्भव छैन।
प्रकाशित: ९ जेष्ठ २०७८, आईतवार