काठमाडौं ।
सन् २०१८ मा सार्वजनिक गरिएका वनप्लस ६ र ६टी मा अक्सिजनओएस १०.३.११ अपडेट उपलब्ध हुने भएको छ। यी दुई सेटमा नयाँ फिचरहरु थपिने छैनन् तर यही महिना भित्र सेक्युरिटी प्याच भने उपलब्ध हुनेछ।
यसबाहेक नयाँ अपडेटले यी दुई मोडलमा प्रणाली स्थायित्व तथा केही देखिएका समस्याहरु समाधान गर्ने बताइएको छ।
अक्सिजनओएस १०.३.११ एन्ड्रोइड १० मा आधारित छ भने वनप्लसका एन्ड्रोइड ११ रहेका स्मार्टफोनहरु छिटोमा आगामी अगस्टमा मात्र आउने भएले त्यतिन्जेलका लागि अपडेट हुनेछ।
तरपनि अक्सिजनओएस १०.३.११ केहि निश्चित सेटहरुमा मात्र उपलब्ध छ भने केही दिनको परीक्षणमा कुनै समस्या नदेखिए केही समयपछि सबैका लागि उपलब्ध हुनेछ।
यसको अपडेट कम्पनीले आफैंले छानेका सेटहरुमा मात्र दिएकोले भीपीएनमार्फत् डाउनलोड गरेको भर्सनले काम नगर्ने पनि जनाएको छ।
प्रकाशित: ९ जेष्ठ २०७८, आईतवार