
काठमाडौं ।
शाओमीले पछिल्लो दिनमा निरन्तर आफ्ना नयाँ स्मार्टफोनहरुका साथै ग्याजेटहरु पनि लन्च गरिरहेको छ । यसैक्रममा कम्पनीले नेपाली बजारमा शाओमी एमआई ११ लन्च गर्ने तयारी गरेको छ ।
कम्पनीले हालै एमआई ११ को टिजर इमेज सोसल मिडियामा सार्वजनिक गरेको छ। जसमा ११ लेखिएको देखिन्छ भने त्यसमा सिनेम्याटिक वल्र्डको बारेमा बताईएको छ ।
त्यसैगरि टिजर इमेजमा ह्यासट्यागका साथमा मुभीम्याजिक लेखिएको छ ।
Mi Fans,
Get ready for the #moviemagic as a new window to your cinematic world is opening.
Know what we are talking about? Comment below if you know the secret. #XiaomiNepal pic.twitter.com/mkyHsw2U4M
— Xiaomi Nepal (@XiaomiNepal) May 22, 2021
यसको अर्थ कम्पनीले छिटै नै एमआई ११ स्मार्टफोन नेपाली बजारमा लन्च गर्ने योजना लिएको अनुमान गर्न सकिन्छ ।
हालै मात्र रेडमी सिरिजको र पोको सिरिजको नयाँ फोनहरु लन्च गरेको कम्पनीले आफ्नो फ्ल्यागशिप फोन बजारमा ल्याउन तयार रहेको छ ।
कम्पनी स्रोतकाअनुसार यहि मे महिनाको अन्त्यसम्ममा शाओमीले बजारमा एमआई ११ लन्च गर्नेछ ।
शाओमीले यो स्मार्टफोन सबैभन्दा पहिले चीनमा अघिल्लो वर्ष डिसेम्बरमा लन्च गरेको थियो भने यहि फेब्रुअरीमा विश्व बजारमा ग्लोबल संस्करण उपलब्ध गराएको थियो ।
शाओमी एमआई ११ स्न्यापड्रागन ८८८ प्रोसेसर जडित विश्वकै पहिलो स्मार्टफोन हो । स्न्यापड्रागन ८८८ क्वालकमको नयाँ शक्तिशाली हाइइन्ड चिपसेट हो ।
नयाँ चिपसेट सहित एमआई ११ सिरिज परिष्कृत फिचरमा उपलब्ध छ । यो फोनको क्यामरा क्वालिटीमा सुधार गरिएको छ ।

क्वालकम स्न्यापड्रागन ८८८ प्रोसेसरले सीपीयू र आर्टिफिसिएल इन्टिलिजेन्स (एआई)को प्रफरमेन्स बोजोड छ । यो चिपसेटमा ६ औं जेनेरेसनको क्वालकम आर्टिफिसियल इन्टिलिजेन्स इन्जिन, तेस्रो जेनेरेसनको एक्स ६० ५जी मोडेम–आरएफ सिस्टम र ट्रिप्पल आईएसपी छ ।
एमआई ११ स्मार्टफोन १२ जीबी र्याम र २५६ जीबी स्टोरेजमा उपलब्ध छ भने बेस मोडल ८ जीबी र्याम र १२८ जीबी स्टोरेजसहित आएको छ । यो फ्ल्यागसिप फोनमा ४६०० एमएएचको ब्याट्री छ ।
फोनको क्यामरामा विशेष नाइट भिडियो मोड राखिएको छ । कम प्रकाशमा पनि यसले उत्कृष्ट फोटो खिच्न मद्दत गर्छ । एमआई ११ मा १०८ मेगापिक्सेलको मुख्य क्यामरा छ भने १३ मेगापिक्सेलको अल्ट्रा वाईड र ५ मेगापिक्सेलको टेलिफोटो सेन्सर छ । यस्को रियर क्यामराले एट के भिडियो ३० फ्रेम प्रति सेकेण्डमा खिच्न सक्दछ । त्यसैगरि सेल्फीका लागि २० मेगापिक्सेलको इन डिस्प्ले फ्रन्ट क्यामरा राखिएको छ ।
६.८१ इन्चको एमोलेड डिस्प्ले उक्त क्यूएचडीप्लस रिसोलुसनले १२० गीगाहर्ज रिफ्रेस रेट दिन्छ ।एसमा एचडीआर १० प्लस सपोर्ट रहेको छ भने कोर्निङ्ग गोरिल्ला ग्लास भिक्टसद्धारा स्क्रीनलाई सुरक्षित पारिएको छ । अन्य फिचरका रुपमा फोनमा वाईफाई–६ र एलपीडीडीआर ५ र्याम छ ।
ग्लोबल भर्सनमा कम्पनीले ५० वाटको वायरलेस चार्जिङ्ग सपोर्ट र ५५ वाटको टर्बो चार्जिङ्ग सपोर्टका साथ आउँछ । नेपालमा पनि कम्पनीले ग्लोबल भर्सनको फोन नै लन्च गर्नेछ ।
कति पर्ला मूल्य ?
यो फोन विश्व बजारमा बेस भेरिएन्टको मूल्य ७४९ यूरो रहेको छ जसअनुसार नेपाली बजारमा करिब १ लाख ७ हजार रुपैयाँ बराबर हुन्छ । तर कम्पनीले यसलाई १ लाख रुपैयाँ भन्दा कम मूल्यमा नै सार्वजनिक गर्ने योजना गरेको छ ।
यो पनि हेर्नुहोस् –
आईफोन १२ प्रो म्याक्सको तुलनामा शाओमी एमआई ११ मा तीब्र गतिको इन्टरनेट सपोर्ट
प्रकाशित: ८ जेष्ठ २०७८, शनिबार