काठमाडौं ।
सूचना प्रविधिसम्बन्धि तालिम दिँदै आएको ब्रोडवे इन्फोसिसले अनलाइनबाट निःशुल्क अटोक्याड सिकाउने भएको छ । यो निःशुल्क सेसन जेठ १२ गतेदेखि जेठ १४ गतेसम्म सञ्चालन हुनेछ ।
ब्रोडवेकाअनुसार अटोक्याड सेसन बिहान १० बजदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ । ३ दिनसम्म जम्मा ६ घण्टा यो निःशुल्क सेसन सञ्चालन हुनेछ । निःशुल्क अनलाइन कक्षामा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिनेछन् । यस तालिममा अटोक्याडको आधारभूत कुराहरु, फ्रेमवर्क, स्कोप र भविष्य बारे छलफल गरिने बताएको छ ।
यस तालिममा सिभिल आर्किटेक्चर मेकानिकल इलेक्ट्रिकल इन्जिनियरहरु विशेष सहभागी हुनसक्ने बताएकोछ ।
यसअघि पनि ब्रोडवे इन्फोसिसले पाइथन जाभालगायतका प्रोग्रामिङ्ग समेत निशुल्क सिकाएको थियो ।
निःशुल्क अनलाइन कक्षामा तपाईँपनि सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
प्रकाशित: ८ जेष्ठ २०७८, शनिबार