यूरोपको दोस्रो ठूलो चिप उत्पादक एसटीएमले जुन १ देखि मूल्य बढाउने

  • Technology Khabar | ६ जेष्ठ २०७८, बिहीबार
यूरोपको दोस्रो ठूलो चिप उत्पादक एसटीएमले जुन १ देखि मूल्य बढाउने

काठमाडौं ।

यूरोपको दोस्रो ठूलो सेमिकण्डक्टर चिप निर्माताकम्पनी एसटीएम अर्थात् एसटीमाइक्रोइलेक्ट्रोनिक्सले जुन १ तारिखदेखि आफ्ना आउँदै गरेका उत्पादनहरुको मूल्य वृद्धि गर्ने घोषणा गरेको छ।

यसै हप्ता सामाजिक सञ्जालमा शेयर गरिएको यो घोषणा चिप बनाउने कच्चा पदार्थ अभावका कारण भएको पनि कम्पनीले प्रस्ट्याएको छ।

एक रिपोर्ट अनुसार विश्वभर चिप सम्बन्धी कच्चा पदार्थको माग बढी र आपूर्ति कम हुनु तथा पाइएको सामग्रीको मूल्य पनि वृद्धि भएका कारण सेमिकण्डक्टरको पनि मूल्य बढ्ने भएको हो।

‘सेमिकण्डक्टरको माग सोच्नै नसकिने उचाइमा पुगेको छ। यसकारण जतिसुकै पुँजी लगानी गरे पनि विश्व बजारको माग धान्न सकिएको छैन’, एसटीएमले भनेको छ। उसले कम्पनीको एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय उपाध्यक्ष कोलिन्स वुद्वारा हस्ताक्षरित एउटा विज्ञप्ति पनि साझा गरेको छ।

यो कम्पनी स्विजरल्याण्डमा रहेको छ भने अटो क्षेत्रमा प्रयोग हुने एमसीयूका लागि आवश्यक चिप बनाउने गर्दछ। तर अहिले विश्वभर सेमिकण्डक्टर कच्चा पदार्थ अभाव भएकाले उसले कच्चा पदार्थ आपूर्तिकर्ता सुरक्षित गर्न सकेको छैन।

यस बाहेक चिप र य यसको कच्चा पदार्थको अभाव अझैक कम्तीमा दुई वर्ष लम्बिने भएकाले यो मूल्य वृद्धि केही समयका लागि मात्रै नरहने पनि बुझिएको छ। यो समय बढ्नुमा टीएमएमसी जस्ता विशाल सेमिकण्डक्टर उत्पादक कम्पनी क्षमता अभिवृद्धिका लागि आवश्यक समय पहिले नै ६ महिनादेखि १ वर्ष लम्बिनु पनि रहेको छ।

प्रकाशित: ६ जेष्ठ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

लमजुङमा अनलाइन ठगीका घटना बढ्दै

  • Technology Khabar
  • ६ जेष्ठ २०७८, बिहीबार