काठमाडौं ।
जब इलेक्ट्रिक सवारी साधनहरूको कुरा आउँछ, हामीसबैलाई एउटा कुराले दुःख दिईरहेछ त्यो हो- रेन्जको चिन्ता । जुन सीधै विद्युतीय वाहन चार्जिंग पूर्वाधारको अभावसँग सम्बन्धित छ। तर के हुन्छ यदि ईभीलाई हिंडिरहेको बेला नै चार्ज गर्न सकिन्छ ? यदि सडकहरूले नै ईभी चार्जरको रूपमा काम गर्न सक्दछन् भने के हुन्छ ? के यो सम्भव छ ?
कर्नेल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको एउटा समूहले सुझाव दिएका छन र यो सम्भव छ भनेर बताएका छन् । उनीहरुले ट्र्याकमा गुड्ने क्रममा विद्युतीय सवारी साधनहरुलाई चार्ज गर्न सकिन्छ भन्ने सुझाब दिएका छन् जसले चार्जिंग इन्फ्रास्ट्रक्चरको अभावलाई मात्र हटाउँदैन दूरीको चिन्तालाई पनि कम गर्दछ। कर्नेल विश्वविद्यालयका एसोसिएट प्रोफेसर खुर्रम अफ्रीदीले यस समूहको नेतृत्व गरिरहेका छन्।
प्रविधि कार्यान्वयन गर्न ठूलो चुनौती
यस प्रक्रियामा प्रयोग गरिएको टेक्नोलोजी अन्तरक्रियात्मक चार्जिंग (इंडेक्टिव चार्जिंग) हो, जुन कुनै नयाँ विषय होइन। कम्तिमा ती सवारी उत्पादकहरूको लागि होईन जसले स्मार्टफोनलाई उनीहरूको सवारीमा वायरलेस चार्ज हुन अनुमति दिइरहेका छन्। सवारी साधनमा स्मार्टफोनको वायरलेस चार्जिङ्ग गरे जस्तै, यसको चुनौती भनेको सवारी चार्ज गर्न सडकमा विशाल चुम्बकीय क्षेत्रहरू उत्पादन गर्न प्रविधि प्रयोग गर्नु हो।
यो प्रविधिको प्रयोग नयाँ होइन, किनकि यसको परीक्षण अमेरिकाको क्यालिफोर्नियामा १९७०मा पनि गरिएको थियो। यद्यपि महँगो चुम्बकीय क्षेत्रहरू (अल्टरनेटिभ म्याग्नेटिक फील्ड )लाई महँगो हार्डवेयर चाहिन्छ, जसले प्रदान गर्ने उर्जाको मात्रा भन्दा बढी उर्जाको माग गर्दछ।
जेट प्रोपल्सन प्रयोगशालाको अनुभवबाट प्रविधि विकसित
यद्यपि कर्नेल अनुसन्धानकर्ताहरूले नासाको जेट प्रोपल्सन प्रयोगशालाको अनुभव प्रयोग गरी टेक्नोलोजी विकास गरेका छन्। यसले चुम्बकीय क्षेत्रको सट्टा उच्च आवृत्ति इलेक्ट्रिक क्षेत्र(हाई फ्रिक्वेन्सी इलेक्ट्रिक फील्ड) प्रयोग गर्दछ। यस टेक्नोलोजीले १८ सेन्टीमिटरसम्म उचाई (ग्राउण्ड क्लीयरेन्स) हुने गाडीहरूमा वायरलेस चार्जिंग अनुमति दिने गर्दछ । यसले सडक चार्जिंग प्लेट प्रयोग गर्दछ जुन दस फिटको दूरीमा जडान गर्न सकिन्छ, जसले सडकमा इलेक्ट्रिक भेहिकल ड्राइभ गर्ने क्रममा पावर ट्रान्सफर गर्दछ।
चारदेखि ५ घण्टामा चार्ज गर्ने दावी
अन्वेषकहरूले हाई फ्रिक्वेन्सी चार्ज टेक्नोलोजीले चारदेखि पाँच घण्टामा इलेक्ट्रिक भेहिकल निसान लीफलाई चार्ज गर्नसक्ने दाबी गर्छन्। टेस्ला जस्तो ठूलो ब्याट्री भएको इलेक्ट्रिक कार पूर्ण चार्ज हुन धेरै समय लिनेछ। यस चार्जिङ्ग टेक्नोलोजी एकदम चाखलाग्दो देखिन्छ, यसलाई स्थापित गर्न एक ससक्त र धेरै महँगो पूर्वाधारको आवश्यकता पर्दछ। टेक्नोलोजी अझै अनुसन्धान र विकासको चरणमा नै छ र कहिले यसलाई कार्यान्वयन गर्ने भन्ने निर्णय गरिएको छैन। एजेन्सीहरु
प्रकाशित: ५ जेष्ठ २०७८, बुधबार