ब्याटलग्राउण्डस् मोबाइल इन्डियाको प्रि-रजिस्ट्रेशन आजबाट शुरु

  • Technology Khabar | ४ जेष्ठ २०७८, मंगलवार

काठमाडौं ।

पब्जी मोबाइलको भारतीय संस्करण ब्याट्लग्राउण्ड्स मोबाइल इन्डियाको प्रि रजिस्ट्रेशन मे १८ अर्थात् आजबाट शुरु भएको छ। दक्षिण कोरियाली कम्पनी क्राफ्टनले निर्माण गरेको उक्त गेमको प्रि रजिस्ट्रेशनबापत् डेभलपरले विशेष उपहार प्रदान गर्ने बताउँदै नयाँ गेम मोड र म्यापको पनि घोषणा गरेको छ।

पब्जी मोबाइल लगायत थुप्रै चिनियाँ एपहरुमाथि गत वर्ष भारतमा प्रतिबन्ध लगाइएका थिए। यो नयाँ गेम पुरानो पब्जीजस्तै हुने एन्ड्रोइड तथा आईओएस दुवै प्लेटफर्ममा उपलब्ध हुने बुझिएको छ।

यसमा आफ्नै क्षेत्रको प्रतियोगिता तथा लिग सिस्टम हुनेछ। यसलाई गुगल प्लेस्टोरमा गएर आजबाट प्रि रजिस्टर गर्न सकिन्छ।

कम्पनीले नयाँ गेम मोडका लागि साझेदारी गर्ने बताएको छ जस अन्तर्गत नयाँ मेट्रो रोयाल गेमप्ले फिचरमा पब्जीले गत वर्ष ल्याएको मेट्रो एक्सोडस शुरुमा ल्याउने भएको छ। यसमा स्पाइक ट्र्याप, मीलि हतियारलगायतका थुप्रै सामग्री रहनेछन्।

कम्पनीले यो गेमको साइज डाउनलोड गर्न सजिलो होस् भन्ने हिसाबले १ जीबी बाट घटाएर ६१० एमबीमा झार्दै छ।

यस गेममा रहेको अर्को नयाँ परिवर्तन भनेको नाबालिग तथा सीमासँग सम्बन्धित छन्। १८ वर्षभन्दा कम उमेरकाले रजिस्टर गर्दा आफ्ना संरक्षक वा अभिभावकको फोन नम्बर उपलब्ध गराउनुपर्ने हुन्छ।

यसैगरी १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई प्रति दिन ३ घण्टाभन्दा बढी खेल्न दिइने छैन। यस्ते उनीहरुले भारु ७ हजार अर्थात् ९५ डलरभन्दा माथिको सामान किन्न पाउनेछैनन्।

प्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार