प्रकारका आधारमा सर्च गर्न मिल्ने फिल्टरमा काम गर्दै गुगल फोटोज

  • Technology Khabar | ४ जेष्ठ २०७८, मंगलवार
प्रकारका आधारमा सर्च गर्न मिल्ने फिल्टरमा काम गर्दै गुगल फोटोज

काठमाडौं ।

गुगल फोटोजले भिडियो तथा फोटो खोज्न अझै सजिलो हुने खालको नयाँ फिचरको परीक्षण गरिरहेको छ।

गुगल फोटजमा कुनै पनि व्यक्तिको फोटो तथा भिडियो सर्च गर्दा फेभरिट भिडियो सेल्फी कोलाज एनिमेशन मुभी क्रियशन स्क्रीनशट आर्काइभ्ड तथा मोशन फोटोजस्ता शब्दावलीका आधारमा छान्न सकिन्छ।

एन्ड्रोइड पुलिसमा हालै आएको एक रिपोर्टमा गुगलको नयाँ फिल्टर फिचर परीक्षणका क्रममा रहेकोले अहिले कुनै पनि डिभाइसमा यो फिल्टर देख्न भने सकिँदैन। यो फिचर गुगल फोटोजको सर्भरसँग सम्बन्धित विभिन्न व्यक्तिका विभिन्न भर्सनका गुगल फोटो एकाउन्टमा परीक्षण हुँदैछ।

एन्ड्रोइड पुलिसका अनुसार यो फिल्टरमार्फत् यूजरले गुगल फोटोजको सर्च बक्समा गएर जुनसुकै बेला कुनै पनि व्यक्तीको फोटो भिडियो सर्च गर्दा यो फिल्टर प्रयोग गर्न सक्छन्।

प्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...