एटीएन्डटीले वार्नरमिडियालाई डिस्कभरीसँग मर्ज गर्न ४३ अर्ब डलरको सम्झौता

  • Technology Khabar | ४ जेष्ठ २०७८, मंगलवार
एटीएन्डटीले वार्नरमिडियालाई डिस्कभरीसँग मर्ज गर्न ४३ अर्ब डलरको सम्झौता

काठमाडौं ।

अमेरिकी टेलिकम जायन्ट एटीएन्डटीले सोमबार यसको कन्टेन्ट यूनिट वार्नरमिडियालाई डिस्कभरीसँग जोड्ने सम्झौताको घोषणा गर्‍यो । जसले हलिउडको सबैभन्दा ठूलो स्टुडियोको लागि मिडिया जायन्ट नेटफ्लिक्स र डिज्नीसँग प्रतिस्पर्धा गर्ने मार्ग प्रशस्त गरेको छ।

यस सम्झौता अन्तर्गत, एटीएन्डटीले यसको ८५ अर्ब डलरको टाइम वार्नरको अधिग्रहण खोल्नेछ, जुन तीन वर्ष अघि मात्र सम्पन्न भएको थियो र हाल डिस्कभरीको साथ नयाँ मिडिया कम्पनी गठन गरेको छ ।

यो सम्झौताले एटीएन्डटीभन्दा बाहिर वार्नर मिडियालाई बिच्छेद गरी नयाँ व्यवसाय सिर्जना गर्दछ, जसको ऋण सहित १५० अर्ब डलर बराबर लगानी हुन सक्ने द फाइनान्शियल टाइम्सले उल्लेख गरेको छ ।

एटीएन्डटीले भन्यो- ‘यसले नगद, ऋण र वार्नरमिडियाको निश्चित शेयर कायम राख्ने संयोजनमा ४३ अर्ब डलर कुल राशि प्राप्त गर्नेछ।’

यदि नियामकहरूद्वारा अनुमोदित भएमा एटीएन्डटी शेयरधनीहरूले नयाँ कम्पनीको ७१ प्रतिशत प्रतिनिधित्व गर्ने स्टक प्राप्त गर्नेछन्, जबकि डिस्कभरीका शेयरधनीहरुले २९ प्रतिशत स्वामित्व पाउनेछन् ।

नयाँ सम्झौताले एटीएन्डटीको यसअघिको दिर्घकालिन योजनाअन्तरगत आफू मातहतको एकीकृत कम्पनीको रुपमा कन्टेन्ट र वितरणलाई मिलाउने कार्यलाई समेत उल्ट्याएकोछ ।

कम्पनीहरूले बताएअनुसार यस सम्झौता २०२२ को मध्यमसम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ। एजेन्सीहरु

प्रकाशित: ४ जेष्ठ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार