घरमै औषधि होम डेलिभरी गर्दै हाम्रो मेडिकल सेवा, भिडियो कल मार्फत टेलि-मेडिकल

  • Technology Khabar | ३ जेष्ठ २०७८, सोमबार

काठमाडौं ।

हाम्रो मेडिकलले सेवा मार्फत विभिन्न मेडिकल टेस्टको घरबाटै सुबिधा लिन सकिने र घरैमा औषधि मगाउन समेत सकिने भएको छ।

देश भरका सेवाग्राहीहरुलाई मध्यनजर गर्दै फोन मार्फत र सामाजिक संजालमा भिडियो कल गरेर टेली-मेडिकल सेवाको पनि व्यवस्था गरेको हाम्रो मेडिकल सेवाका प्रबन्धक सरोज महतोले बताए ।

सेवाग्राहीहरुको लागि घरमै गएर पिसिआर परिक्षण र कोभिडको उपचारको व्यवस्थापन गर्ने कार्य पनि सुरु गरेको महतोले बताए।

हेल्थ सेफ्टी बक्स, रक्तचाप परिक्षण मेसिन, अक्सिमिटर, थर्मोमिटर, ह्यान्ड स्यानिटाइजर, व्हिलचियर, विरामीको लागि बेड लगायतका स्वास्थ्य सामाग्री घरैमा पनि मगाउन सकिने महतो बताउँछन् ।

त्यस्तै निम्न आय भएका सेवाग्राहीहरुको लागि भने यो सेवा निःशुल्क रुपमा प्रदान गरिने महतोको दावी छ। विभिन्न प्याथोलोजि ल्याब, मेडिकल सेन्टर तथा अस्पतालहरुसँगको सहकार्यमा यो सेवा प्रदान गरिदै आएको महतोले बताए।

कुनै पनि मेडिकल सेवाको लागि सेवाग्राहीले ९८४३३४६६०५ मा फोन गरेर वा भाइवर, ह्वाट्सएप मार्फत पनि सम्पर्क गर्नसक्ने बताइएको छ।

हाम्रो मेडिकल सेवा छुट्टै पोलिक्लिनिक, अस्पताल वा मेडिकल सेन्टर नभई, एउटा टिम हो जसले मेडिकल क्षेत्रका सरोकारवाला सँस्थाहरुको समन्वयमा स्वास्थ्य सेवालाई घरघरमा पुर्याउने काम गर्दछ । आगामी दिनहरुमा मेडिकल सेवा र सुविधालाई देशभरि नै विस्तार गर्ने योजना रहेको महतोले बताए।

प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार

तपाइको प्रतिक्रिया