
काठमाडौं ।
माइक्रोसफ्टले एउटा नराम्रो बग फिक्स गरेको छ जसले युट्यूब भिडियोहरू हेर्दै वा टिप्पणीहरू पढ्दा माइक्रोसफ्ट एज ब्राउजर क्र्यास हुने गरेको थियो।
यस महिनाको सुरूमा आएको रिपोर्ट अनुसार फुल-स्क्रीन भिडियो हेर्दा माइक्रोसफ्ट एज रेस्पोन्स नहुने किसिमको हुने गरेको थियो, र एक गोलाकार लोडिङ्ग ग्राफिक देखा पर्ने गर्दथ्यो। र त्यसपछि ब्राउजरले प्रतिक्रिया दिन छोड्ने र क्र्यास हुने गर्दथ्यो ।
प्रयोगकर्ताहरू जसले यो समस्या अनुभव गरे उनीहरूले याद गरे कि उनीहरूको माइक्रोसफ्ट एज प्रक्रियाले गीगाबाइट्सको मेमोरी प्रयोग गर्न थाल्छ, जसले अन्ततः यसलाई क्र्यासमा पुर्यायो।
त्यस समयमा, माइक्रोसफ्टले धेरै रेडिट छलफलमा यो मुद्दालाई स्वीकार गर्यो र प्रयोगकर्ताहरूलाई उनीहरूले अनुभव गरिरहेको समस्या समाधानको परीक्षणको लागि माइक्रोसफ्ट एज क्यानरी प्रयोग गर्न आग्रह गर्यो।
केहि परीक्षणहरूमा, एज क्यानरी प्रयोग गर्ने बेला यूट्यूब फ्रिज हुने समस्या रोकिएपनि अन्य प्रयोगकर्ताहरूले बगहरू जारी नै रहेको रिपोर्ट गरेका थिए ।
शुक्रवार, माइक्रोसफ्टले माईक्रोसफ्ट एज ९०.०.८१८.६२ जारी गर्यो र यूट्यूब समस्या समाधान गर्यो।
नयाँ अपडेटका साथमा प्रयोगकर्ताहरुले अब यूट्यूब ब्राउज गर्न सक्नेछन्, भिडियो हेर्न, र टिप्पणीहरू पढ्ने प्रक्रियाहरू सबै गर्न सक्नेछन्।
प्रकाशित: ३ जेष्ठ २०७८, सोमबार