Technology Khabar २ जेष्ठ २०७८, आईतवार
काठमाडौं ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ग्राहकवर्गहरुलाई घरबाटै बैंकिङ्ग कारोवार गर्न अनुरोध गरेको छ।
बैंकर्स संघले ईमेलमार्फत अनुरोध गरेर पनि मुद्धती खाताको नवीकरण गर्न सकिने निर्णय गरेको हो । संघले निषेधाज्ञा अवधिभर ग्राहकहरुले इमेलमार्फत अनुरोध गरेमा पनि मुद्दती खाताको नवीकरण गर्ने निर्णय गरेको हो ।
कुनै परिस्थितिवस इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिन पछिसम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरि नविकरण गर्न सकिने संघले प्रष्ट पारेको छ।
मोबाइल तथा इन्टरनेट बैंकिङ्ग मार्फत एक खाताबाट अर्कोमा रकम स्थानान्तरण, खाता व्यालेन्स हेर्ने, विभिन्न बिल भुक्तानीहरु लगायतका कार्यहरु अनलाइनबाट नै गर्न सकिएको भएकोले यी कार्यहरु घरबाट नै गर्न संघले आग्रह गरेको हो।
साथै, सामान खरिद गरेको समयमा समेत उपलब्ध भएसम्म कार्डको प्रयोग तथा क्युआरमार्फत भुक्तानी गरी सकेसम्म नगद कारोवार कम गर्न संघले अनुरोध गरेको छ।
प्रकाशित: २ जेष्ठ २०७८, आईतवार