
काठमाडौं ।
लिइकाले ह्वावेसँग गरेको साझेदारी अन्त्य हुने भएको छ। ह्वावेको पी५० स्मार्टफोनमा राखिएको लिइका ब्रान्डको क्यामरा नै ह्वावेसँका लागि अन्तिम हुने बुझिएको छ।
यो जानकारी कम्पनीले आधिकारिक रुपमा दिएको नभइ चर्चित टिप्सटरले ह्वावेसँग सम्बन्धित विभिन्न जानकारीहरु बाहिर ल्याउने क्रममा सामाजिक सञ्जालमा राखेका हुन्।
उनले लिइकाले आफ्नो क्यामराका लागि ओरिजिनल इक्विपमेन्ट म्यानुफ्याक्चरर अर्थात आधिकारिक उपकरण उत्पादकको खोजी गरिरहेको र उसको पहिलो रोजाइ चिनियाँ ब्राण्ड शाओमी वा अनर तथा जापानको शार्पजस्ता कम्पनी हुनसक्ने पनि उल्लेख गरेका छन्।
लिइकाले यीमध्ये सबैसँग सँगै साझेदारी नगरी जाइसले नोकिया वा सोनीसँग गरेजस्तै एकाधिकार साझेदारी गर्न इच्छुक देखिएको पनि जनाइएको छ।
ह्वावे र लिइकाको साझेदारीमा केही निकै स्तरीय स्मार्टफोन बजारमा आएकाले यो साझेदारी तोडिनु दुखद् मान्न सकिन्छ। ह्वावेमाथिको विभिन्न देशको प्रतिबन्ध नै लिइकाको यो निर्णयको कारक हुनसक्ने आकलन गर्न सकिन्छ।
प्रकाशित: २ जेष्ठ २०७८, आईतवार