अटो टेक

फिस्करले आईफोन एसेम्बल कम्पनी फक्सकनसँग मिलेर इलेक्ट्रिक कार निर्माण गर्ने

फिस्करले आईफोन एसेम्बल कम्पनी फक्सकनसँग मिलेर इलेक्ट्रिक कार निर्माण गर्ने
Global IME Bank

इलेक्ट्रिक कार स्टार्टअप फिस्करले आईफोन एसेम्बल गर्ने ताइवान कम्पनी फक्सकनसँग एक नयाँ इलेक्ट्रिक भेहिकलको सह-विकास र निर्माण गर्न एक सम्झौतामा हस्ताक्षर गरेको छ ।

उत्तरी अमेरिका, युरोप, चीन र भारतमा फिस्कर ब्रान्ड नाममा बेचिने ती कारहरुको उत्पादन २०२३ को अन्त्यसम्म अमेरिकामा सुरु हुने टेकक्रन्चले उल्लेख गरेको छ। कारको नाम र भविष्यमा बनाईने निर्माण कारखानाहरूको स्थान सहित असंख्य विवरणहरू दुबै कम्पनीहरूले खुलासा गरेका छैनन्।

 फिस्करले यसलाई “ब्रेकथ्रु न्यू सेग्मेन्ट गाडी” को रूपमा वर्णन गर्दछ, त्यसैले न त सेडान वा एसयूभी, जसले पाँच जनालाई बोक्न सक्षम हुनेछ, एक फिस्कर प्रवक्ताले बताएका छन् ।

फिस्करले संयुक्त कार्यक्रम प्रोजेक्टलाई पियर (Personal Electric Automotive Revolution-PEAR) नाममा शुरु गर्दैछ। फिस्करका अध्यक्ष र सीईओ हेन्रिक फिस्करले पियर गाडी “कार डिजाईनमा अर्को ठूलो चीज” हुने बताए जून कार भावनात्मकरुपले वांछनीय र इको-फ्रेन्डली हुने उनको दाबीछ । यो हेर्दा इलेक्ट्रिक भेहिकल जस्तो नहुने तर बरु पेट्रोल गाडीका चालकहरुलाई समेत आकर्षित पार्न सक्ने किसिमको हुने दाबी गरिएको छ ।

नयाँ सम्झौताअन्तरगत कम्पनीहरुले विभिन्न स्थानमा रहने प्लान्टबाट वार्षिक २ लाख ५० हजार यूनिट उत्पादन गर्ने लक्ष्य राखेका छन् ।

Sajilo Visa
easy care