
काठमाडौं ।
पोकोका अधिकारीहरुले हालै पोको एम३ प्रो फाइभजी आगामी मे १९ मा सार्वजनिक हुने बताएका छन्। उनीहरुका अनुसार यस स्मार्टफोनमा स्न्यापड्रागनको सट्टा मिडियाटेकको डाइमेन्सिटी ७०० चिपसेट रहने छ।
#POCOM3Pro 5G features the MediaTek Dimensity 700!
A 7nm high-performance processor with more power and more efficiency!
More speed for all of your entertainment needs.#MoreSpeedMoreEverything indeed! pic.twitter.com/bq0W3WWpDK— POCO (@POCOGlobal) May 13, 2021
बिहीबार ट्विटरमा कम्पनीको आधिकारिक ह्याण्डलबाट राखिएको पोस्टमा ७ एनएम प्रोसेसबाट तयार गरिएको डाइमेन्सीटी ७०० चिपसेटको चित्रका साथै यसको क्षमताको वर्णन गरिएको छ।
कम्पनीले पोको एम३ फाइभजीका बारेमा धेरै विवरण बाहिर ल्याएको छैन। भित्री जानकारी अनुसार यो स्मार्टफोन तीन रंगमा उपलब्ध हुने, पछाडि ट्रिपल क्यामरा सेट अप रहने तथा पन्चहोल स्क्रीनका साथ आउने बुझिएको छ।
यसमा एलसीडी प्यानल हुन सक्ने तथा यसको फिंगरप्रिन्ट स्क्यानर साइडमा हुनसक्ने आकलन गरिएको छ। हालै भारतमा सार्वजनिक भएको रेडमी नोट १०एस मा पनि यसको फिंगरप्रिन्ट स्क्यानर साइडमा नै दिइएको छ।
पोको एम३ प्रो फाइभजी नयाँ डिजाइनमा रहेको रेडमी नोट १० फाइभजी भएको पनि आकलन गरिएको छ। यदि यो आकलन सही निस्केको खण्डमा यसमा ६.५ इन्चको फुल एचडी+ एलसीडी डिस्प्ले रहनेछ भने पछाडिपट्टि ४८ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप युक्त हुनेछ।
यस बाहेका सेल्फीका लागि ८ मेगापिक्सेलको क्यामरा राखिएको हुनेछ र पावरका लागि १८ वाट चार्जिङ सपोर्टसहितको ५००० एमएएचको ब्याट्री रहनेछ।
प्रकाशित: १ जेष्ठ २०७८, शनिबार