Technology Khabar ३१ बैशाख २०७८, शुक्रबार
काठमाडौं ।
एउटा प्रमुख अमेरिकी ईन्धन पाइपलाइनमा भएको साइबर-हमलापछि साइबर-आपराधिक गिरोह डार्कसाइडलाई फिरौतीमा ५० लाख डलर तिरेको छ।
कोलोनियल पाइपलाइन कम्पनीले साताभर एक र्यान्समवेयर साइबर आक्रमणको सामना गरेको थियो र यसमा पांच दिनसम्म यसको नेटवर्क बन्द भएको थियो जसले अमेरिकामा आपूर्तिमा कठिनाई भएको थियो ।
सीएनएन, न्यु योर्क टाइम्स, ब्लूमबर्ग र वाल स्ट्रीट जर्नल सबैले स्रोतलाई उद्धृत गर्दै सो आक्रमणकारी समूहलाई फिरौती तिरेको रिपोर्ट गरेका छन् । कोलोनियले भने यस बारेमा टिप्पणी नगर्ने बताएको छ।
शुक्रबार जापानी उपभोक्ता टेक जायन्ट तोशिबाको फ्रान्समा रहेको युरोपेली डिभिजनमा उही साइबर-आपराधिक गिरोहले आक्रमण गरेको बताएको छ ।
प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार