
काठमाडौं ।
नेपालमा चैत मसान्तसम्म क्यूआर कोडमार्फत २ अर्ब ७२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा चैत मसान्तसम्ममा क्यूआर कोडमार्फत भएको कारोबार संख्या ७ लाख ८२ हजार ४७१ रहेको तथ्याङ्क छ।
फागुन मसान्तसम्ममा यो कारोबारको संख्या ६ लाख ३५ हजार ७३८ रहेको थियो। यसरी हेर्दा फागुन मसान्तभन्दा चैत मसान्तसम्मा क्यूआर कोडमार्फत् भएको जम्मा कारोबार संख्या १ लाख ४६ हजार ७३३ ले बढी हो।
कारोबार संख्या बढेसँगै कारोबार रकम बढ्नु स्वाभाविकै हो।
अघिल्लो महिनामा क्यूआर कोडमार्फत् २ अर्ब ५ करोड ५० लाख रुपैयाँको कारोबार भएकामा चैत मसान्तसम्ममा आउँदा यो रकम २ अर्ब ७२ करोड २० लाख रुपैयाँ पुगेको छ।
तुलनात्मक हिसाबले हेर्दा एक महिनामा क्यूआर कोडमार्फत् भएको कारोबार रकममा ६६ करोड ७० लाख रुपैयाँले वृद्धि भएको छ।
प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार