
काठमाडौं ।
काठमाडौंको सोल्टी होटेल मिति बैशाख ३१ गते ईन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आई एच जी) सँगको व्यावस्थापन सम्झौता समाप्त भए पश्चात् “दी सोल्टी काठमाण्डौं” को रूपमा पुर्नब्रान्डिंग गर्ने भएकोछ ।
विशिष्ट सुविधा सम्पन्न होटेलको रुपमा चर्चित रहेको यस होटेलको व्यवस्थापन तथा संचालन अव उपरान्त आतिथ्य व्यवसायमा ५४ वर्ष भन्दा बढीको अनुभव प्राप्त नेपालको आतिथ्य उद्योगको अग्रणीय तथा मार्गदर्शक संस्था सोल्टी होटेल लिमिटेड आफै बाट गरिने जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
सोल्टी होटल लिमिटेड नेपालको अग्रणी आतिथ्य सत्कार कम्पनी हो । “दी सोल्टी काठमाण्डौं” का अतिरिक्त यस कम्पनीको स्वामित्वमा एल एस जी स्काई शेफ काठमाण्डौ पनि रहेको छ जो नेपालको एक मात्र इन–फ्लाइट केटरिंग सेवा प्रदायक हो, यो अन्तराष्ट्रियस्तरको मापदण्डमा संचालित भएको होटलको दाबी छ।
यसका साथै यस कम्पनीले आई एस ओ २२०००ः२०१८ प्रमाणीकृत होराइजन लाउन्ज इक्जिक्युटिव लाउन्ज, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान टर्मिनल भवन काठमाडौंमा संचालन गर्दछ । कम्पनीले नेपालगञ्जमा “सोल्टी वेष्टेण्ड प्रिमियर” पाँचतारे होटेल पनि स्थापित गरेको छ र उक्त होटेल सम्युक्त राज्य अमेरिकाको यु. एस. ग्रीन विल्डिङ्ग काउन्सीलबाट लिड (लिडरशिप इन इनर्जि एण्ड एन्वायरन्मेण्टल डिजाईन) प्रमाणीकृत नेपालको एकमात्र होटेल भएको बताईएको छ ।
दी सोल्टी काठमाण्डौं होटेल बिक्रम सम्बत् २०२३ सालमा समुदघाटन भई शुभारम्भ गरिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट सुविधाजनक दुरी ८ किलोमिटर टाढा शहरको मुख्य केन्द्र र प्रमुख पर्यटकीय आकर्षण स्थलहरूबाट करिब ४ किलोमिटरको परिधिमा अवस्थित छ ।
दी सोल्टी होटल लगभग बाह्र एकड जग्गामा सुन्दर हरियाली बागबगैंचा सहितको प्राकृतिक रमणीय वातावरणको दृश्यावलोकन युक्त, सुन्दर आकर्षक वास्तुकलाबाट सुशोभित यस पाँच– तारे होटेलमा अत्याधुनिक सुबिधा सम्पन्न आरामदायी, उच्चस्तरको, मनमोहक ढंगबाट सुसज्जित गरिएका २८५ वटा पाहुना कोठा र विशिष्ट स्तरका सुइटहरू रहेकाछन् । यसका अतिरिक्त, नेपालमा सुसम्पन्न भएको प्रथम सार्क शिखर सम्मेलनको आयोजना गर्नुपूर्व सो सम्मेलनका लागि विशेष रुपमा डिजाइन गरी निर्माण गरिएका सातवटा वैभवपूर्ण राजकीय सुइटहरू समेत होटेलमा रहेका छन् ।
“दी सोल्टी काठमाण्डौं” नेपालको लक्जरी आतिथ्य सत्कारको प्रतीक रहेको छ । यसले अतिथि पाहुनाहरुलाई आतिथ्यता सेवासत्कारको अद्वितीय अनुपम अनुभ्ति प्रदान गर्दै आएको छ । हामी हाम्रो यात्राको यस नयाँ अध्यायको शुभारम्भ गर्नका लागि तमतयारी र तत्परताका साथ लाग्न उत्साहित हुँदै आतिथ्य सेवा सत्कारका सबै अन्तर्राष्ट्रिय मानक मान्यता तथा मापदण्डहरूको पालन गर्दै उत्कृष्ट अभ्यास गर्ने प्रतिवद्धताका साथ अतिथि पाहुनाहरूको अपेक्षाहरूलाई उछिन्दै सर्वोत्कृष्टताको कसीमा खरो सबित हुनेछौं,’ विज्ञप्तीमा भनिएको छ ।
प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार