सामसङ डिस्प्लेको नोटबुक ओएलईडी प्यानललाई गेमिङ पर्फर्मेन्स सर्टिफिकेट

  • Technology Khabar | ३१ बैशाख २०७८, शुक्रबार
सामसङ डिस्प्लेको नोटबुक ओएलईडी प्यानललाई गेमिङ पर्फर्मेन्स सर्टिफिकेट

काठमाडौं ।

ग्यालेक्सी बुक प्रो सिरिजका नोटबुकमा प्रयोग गरिएका सामसङ डिस्प्लेको ओएलईडी प्यानललाई एसजीएसका तर्फबाट गेमिङ पर्फर्मेन्स सर्टिफिकेट प्राप्त भएको छ।

एसजीएस आयात निर्यात व्यवसायमा सामान तथा सेवाहरुको गुणस्तर जाँच गरेर त्यसअनुसार गुणस्तर प्रमाणपत्र उपलब्ध गराउने बहुराष्ट्रिय कम्पनी हो।

एसजीएसको समीक्षा अनुसार उक्त प्यानलमा १.४ एमएमभन्दा कम ब्लर लेन्थ तथा १.५ एमएस मल्टिमिडिया रेस्पोन्स टाइम रहेको भेटिएको थियो।

सामसङले यो ओइलईडी प्यानल उस्तै स्पेसिफिकेशन भएका एलसीडी प्यानलभन्दा उत्कृष्ट भएको जनाएको छ। एलसीडी प्यानलमा ब्लर लेन्थ २.१एमएम तथा रेस्पोन्स टाइम २६.४ एमएस हुने गर्दथ्यो। ओएलईडीमा भने ब्लर लेन्थ तथा तथा रेस्पोन्स टाइम दुवै कम छ।

एसजीएसले उक्त प्यानललाई गेमिङ पर्फर्मेन्सबाहेक सिनेम्याटिक एक्सपेरियन्स सर्टिफिकेट पनि दिएको छ।

प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...