मोबाइल वालेटमार्फत हुने कारोबार सङ्ख्या १ करोड १४ लाखभन्दा बढी

Technology Khabar ३१ बैशाख २०७८, शुक्रबार

काठमाडौं ।

नेपालमा मोबाइल वालेट मार्फत् हालसम्म झण्डै १ करोड १४ लाखको सङ्ख्यामा कारोबार भएको तथ्याङ्कले देखाएको छ।

नेपाल राष्ट्र बैंकको मासिक प्रतिवेदन अनुसार चैत मसान्तसम्ममा मोबाइल वालेटमार्फत गरिएको कारोबार संख्या १ करोड १४ लाख ६५ हजार २५७ पुगेको छ।

यो संख्या एक महिना अघि अर्थात् फागुन मसान्तको तुलनामा ८ लाख ५० हजार ९८९ ले बढी हो।

सर्वसाधारणमा डिजिटल कारोबारप्रतिको लगाव बढ्दै जान थालेपछि यस्ता कारोबार संख्या र कारोबार रकम बढ्न थालेका हुन्।

कारोबार संख्या बढेसँगै कारोबार रकममा पनि बढोत्तरी हुनु स्वाभाविकै हो।

फागुन मसान्तसम्ममा मोबाइल वालेटमार्फत् १० अर्ब १८ करोड रुपैयाँको कारोबार भएकोमा चैत मसान्तसम्ममा यो रकम बढेर ११ अर्ब २ करोड १० लाख रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो महिनाको भन्दा ८ करोड ४१ लाख रुपैयाँले बढी हो।

प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया