Technology Khabar ३१ बैशाख २०७८, शुक्रबार
काठमाडौं ।
टेस्ला इंकले हालै आफ्नो वेबो एकाउन्टमा एउटा पोस्ट गर्दै चीनमा अटोमोबाइल मापदण्ड निर्धारणमा आफूले सघाउने बताएको छ।
टेस्लाको यो प्रस्ताव एक हप्ताअघि चीनको साइबरस्पेश एड्मिनिस्ट्रेशनले अटोमोबाइल क्षेत्रको तथ्याङ्कसम्बन्धी नियमावलीसम्बन्धी मस्योदा पेश गरेपछि आएको हो।
यो मस्योदा बुधबार प्रकाशित भएको र यसमा अटोमोबाइल उत्पादकले ग्राहकबाट ड्राइभिङ डाटा संकलन गर्न उनीहरुसँग अनुमति लिनुपर्ने र यदि कुनै विदेशी संस्थामा महत्वपूर्ण र व्यक्तिगत विवरण पठाउनुपर्दा नियामकको अनुमति पनि लिनुपर्ने जनाइएको छ।

यसले सामान्य अर्थमा कार उत्पादकहरुले कुनै विदेशी कम्पनीलाई उपभोक्ताको विवरण पठाउनु पर्दा उनीहरुसँग इजाजत तथा सरकारसँग अनुमति लिनुपर्ने बुझाउँछ।
अहिले चीनको साइबरस्पेस एड्मिनिस्ट्रेशन यो नियमका बारेमा सर्वसाधारणको धारणा संबलन गरिरहेको छ। हाल सवारीसँग सम्बन्धित संस्थाहरुले आफ्ना सवारीमा क्यामरा, सेन्सर तथा अन्य फिचर राखेरक सवारी वरिपरिका गतिविधिको रेकर्ड राख्ने गरेका छन्।
नयाँ नियमले संकलित विवरण प्रयोगलाई व्यवस्थित बनाउने बताइएको छ। सरकारको यो कदम अटोमोबाइल क्षेत्रमा बढ्दै गएको प्रविधि तथा डाटा सुरक्षासम्बन्धी नियमनका लागि भएको आकलन गरिएको छ।
टेस्लाले हालै चीनमा जासूसी गरेको भन्ने आरोपमा सैनिक क्षेत्रमा प्रवेश गर्नबाट प्रतिबन्ध समेत खेप्नुपरेको थियो। त्यसैले चीन सरकारको नयाँ नियम आफ्ना जनता तथा राज्यको सुरक्षाका लागि आएको बुझ्न सकिन्छ।
प्रकाशित: ३१ बैशाख २०७८, शुक्रबार