
काठमाडौं ।
ग्लोबल आईएमई क्यापिटलले आफ्ना ग्राहकहरुलाई अनलाईन बाहेकका कुनै पनि सेवा प्रदान गर्न नसक्ने जानकारी दिएको छ । कम्पनीका कर्मचारीहरुमा कारोना पोजेटिभ देखिएपछि बुधबार एक सूचना जारी गर्दै अनलाईनबाहेकका सेवा दिन नसकिने जानकारी गराएको हो ।
यससँगै घरमै बसी लिन तथा दिन सकिने सेवा सम्बन्धी कार्यहरु मात्र गर्न क्यापिटलले आग्रह गरेको छ । भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने कार्य गर्ने तथा सो मा यस कम्पनीको समेत भौतिक रुपमा संलग्नता हुनुपर्ने कार्य गरेमा सो को जिम्मेवारी ग्राहक आफैले लिनुपर्ने समेत क्यापिटलले सूचनामार्फत जानकारी गराएको छ ।
डिम्याट खाता र मेरो सेयर नविकरणको लागि ९८६१५९६५६८ मा ह्वाट्सएप, भाईबर र एसएमएसबाट समेत सम्पर्क गर्न सक्नेछन् । त्यस्तै, मेरो सेयरको पासवर्ड रिसेट गर्नको लागि ९८६१५९६५६८ मा र मर्चेण्ट बैंकिङग (सेयर रजिष्ट्रार) सम्बन्धीको लागि ग्राहकले ९८१३९८७३८५ नम्बरमा ह्वाट्सएप, भाईबर र एसएमएसबाट सम्पर्क गर्न सकिने क्यापिटलले जानकारी गराएको छ ।
प्रकाशित: ३० बैशाख २०७८, बिहीबार