नेपालमा मोबाइल बैंकिङ सेवामार्फत ४८ अर्बमाथिको कारोबार

  • Technology Khabar | ३० बैशाख २०७८, बिहीबार
नेपालमा मोबाइल बैंकिङ सेवामार्फत ४८ अर्बमाथिको कारोबार
सांकेतिक

काठमाडौं ।

नेपालमा हालसम्म मोबाइल बैंकिङ सेवामार्फत गरिएको कारोबार रकम ४० अर्बभन्दा माथि रहेको छ।

नेपाल राष्ट्र बैंकद्वारा हालै जारी प्रतिवेदन अनुसार चैत महिनाको शुरुवातसम्ममा मोबाइल बैंकिङ सेवामार्फत गरिएको कारोबार सङ्ख्या १ करोड १० लाख ४७ हजार ४७४ पुगेको छ।

यो संख्या एक महिना अघि अर्थात् फागुन मसान्तको तुलनामा ९ लाख ६४ हजार ८१९ ले बढी हो। फागुनको शुरुवातसम्ममा यो संख्या १ करोड ८२ हजार ६५५ थियो।

कारोबार संख्या बढेसँगै कारोबार रकम पनि स्वाभाविक रुपमा बढेको छ।

फागुन मसान्तसम्ममा मोबाइल बैंकिङमार्फत् ४० अर्ब ३५ करोड ९० लाख रुपैयाँको कारोबार भएकोमा चैत मसान्तसम्ममा यो रकम बढेर ४८ अर्ब ६५ करोड २० लाख रुपैयाँ पुगेको छ।

यो रकम फागुन मसान्तको भन्दा ८ अर्ब २९ करोड ३० लाख रुपैयाँले बढी हो।

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...