कनेक्ट आईपीएसमार्फत् हुने कारोबार सङ्ख्या २० लाख नाघ्यो

  • Technology Khabar | ३० बैशाख २०७८, बिहीबार
कनेक्ट आईपीएसमार्फत् हुने कारोबार सङ्ख्या २० लाख नाघ्यो

काठमाडौं ।

नेपालमा हालसम्म कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार संख्या साढे २० लाख ३८ हजार नाघेको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको ताजा स्थूल अर्थतन्त्रात्मक वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनका अनुसार चैत मसान्तसम्म कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार सङ्ख्या २० लाख ३८ हजार ४६५ पुगेको हो।

यो संख्या एक महिना अघि अर्थात् फागुनमसान्तको तुलनामा ४ लाख ३४ हजार ८६७ ले बढी हो।  फागुन मसान्तसम्ममा यो संख्या १६ लाख ३ हजार ५९८ थियो।

कनेक्ट आईपीएस सेवामार्फत गरिएको कारोबार संख्यासँगै कारोबार रकम पनि त्यसै अनुपातमा बढेको छ।

फागुन मसान्तमा कनेक्ट आईपीएसमार्फत् १ खर्ब १० अर्ब ५७ करोड २० लाख रुपैयाँको कारोबार भएकोमा चैत मसान्तसम्ममा यो रकम बढेर १ खर्ब ४१ अर्ब ८० करोड २० लाख रुपैयाँ पुगेको छ। यो रकम अघिल्लो महिनाको भन्दा ३१ अर्ब २३ करोड रुपैयाँले बढी हो।

प्रकाशित: ३० बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार