खल्ती मोवाइल वालेटबाट शुल्क तिरेर सलमान खानको नयाँ फिल्म राधे हेर्न सकिने

  • Technology Khabar | २९ बैशाख २०७८, बुधबार
खल्ती मोवाइल वालेटबाट शुल्क तिरेर सलमान खानको नयाँ फिल्म राधे हेर्न सकिने

काठमाडौं ।

बलिउडका चर्चित अभिनेता सलमान खानको नयाँ फिल्म रिलिज हुनासाथ नेपाली पेमेन्ट गेटवेबाट शुल्क तिरेर हेर्न सकिने भएको छ । डिजिटल पेमेन्ट गेट वे खल्तीबाट शुल्क तिरेर अभिनेता खानको रिलिज हुन लागेको फिल्म राधे हेर्न सकिने भएको हो।

खल्तीले राधे फिल्मका वितरक ए एट फिल्मिस् प्रालिका निरज पौडेल सँग राधे फिल्मको पे पर भ्यूजको आधारमा चलचित्र हेर्नको लागि आधिकारिक पेमेन्ट पार्टनरका रूपमा सेवा दिने सम्झौता गरेको छ ।

प्रयोगकर्ताहरूले खल्तीबाट शुल्क भुक्तानी गरेर नेट टिभीलगायतका अनलाइन प्लेटफर्ममा राधे फिल्म हेर्न पाउने छन् ।

फिल्म हेर्नका लागि प्रयोगकर्ताहरूले खल्तीबाट भाउचर खरीद गर्न सक्दछन्। खल्तीमा रहेको Utility सेक्सन भित्र पी पी भी मुभिजमा भाउचर कोड किन्न सक्नुहुनेछ। एक पटक भाउचर कोड ओटीटी प्लेटफर्ममा रिडिम भएपछि, दर्शकहरूले २४ घण्टाभित्र फिल्म हेर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: २९ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...