एप्पलले निन्टेन्डो स्विचसँग प्रतिस्पर्धा गर्ने गेम कन्सोलमा काम गरिरहेको खुलासा

  • Technology Khabar | २९ बैशाख २०७८, बुधबार
एप्पलले निन्टेन्डो स्विचसँग प्रतिस्पर्धा गर्ने गेम कन्सोलमा काम गरिरहेको खुलासा

काठमाडौं ।

कोरियाको क्लाइन डट नेटले हालै बाहिर ल्याएको एक जानकारी अनुसार एप्पलले निन्टेन्डो स्विचजस्तै देखिने पोर्टेबल हाइब्रिड गेम कन्सोलमा काम गरिरहेको छ।

ईँचयलट्टट्टचयल ट्वीटर ह्याण्डल भएका व्यक्तिले उक्त जानकारी पाएको गत शुक्रबार म्याकरुमरमा उल्लेख गरिएको थियो।

उक्त डिभाइसमा एप्पलको आ सिरिज तथा एम सिरिज चिप बाहेकको अत्याधुनिक एप्लिकेशन प्रोसेसर रहने बताइएको छ। साथै यसमा सुधारिएको जीपीयू तथा रे ट्रेसिङ प्रयोग गरिने र स्विचभन्दा बढी शक्तिशाली हुने दावी गरिएको छ।

उक्त यूजरले एप्पल गेम लागि विकासका असासिन क्रीड, फार क्राइ तथा वाच डग्सजस्ता चर्चित गेम बनाउने यूबिसफ्टसँग छलफलमा रहेको पनि उल्लेख गरेका छन्।

अहिलेका लागि हल्ला मात्रै रहेको एप्पलको गेम कन्सोल बनाउने जानकारी सही या गलत के हुनेछ त्यो हेर्नका लागि कुर्नै पर्ने हुन्छ। तर गएको डिसेम्बरमा ब्लूमबर्गको न्यूजलेटरमा एप्पलले गेमलाई केन्द्रमा राखेर एप्पल टीभी, रिमोट तथा प्रोसेसर अपडेट गर्ने बताएकामा अघिल्लो महिना नयाँ अझ शक्तिशाली प्रोसेसर र रिमोटसहितको सेट टप बक्स सार्वजनिक गरेको थियो।

प्रकाशित: २९ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...