
काठमाडौं ।
स्थानीय प्रहरीले टेस्लाका दुर्घटनाग्रस्त कारमा अगाडि र पछाडि एक एक जना बसेको भेटिएका र प्रारम्भिक अनुसन्धानबाट उक्त काररे प्रयोग गरेको बाटोमा अटो पाइलट उपलब्ध नभएको जनाएको छ।
एक जना अगाडि बसेका भएपनि उनी ड्राइभर सिटमा नभएको र यसै क्रममा कार रुखमा ठोक्किएर आगलागी भएको प्रहरीको प्रारम्भिक रिपोर्टमा उल्लेख छ।
घुमाउरो सडकमा टेस्लाको २०१० मोडल एस कार तीव्र गतिमा गुडिरहँदा मोड काट्न नसक्दा दुर्घटना भएको थियो।
टेस्लाका संस्थापक एलन मस्कले यस अघि नै ट्वीटमार्फत् उक्त कारको डाटा अनुसार दुर्घटनाका बेला अटो पाइलट अन नभएको बताएका थिए।
Your research as a private individual is better than professionals @WSJ!
Data logs recovered so far show Autopilot was not enabled & this car did not purchase FSD.
Moreover, standard Autopilot would require lane lines to turn on, which this street did not have.
— Elon Musk (@elonmusk) April 19, 2021
यसबाहेक मानक अटोपाइलट फिचर प्रयोग गर्नका लागि लेन लाइन अन गरिएको हुनुपर्नेमा उक्त सडकमा त्यस्तो नभएको पनि उनले बताएका थिए।
तर हालसम्म प्रहरी वा राष्ट्रिय यातायात सुरक्षा बोर्ड यसबारे अन्तिम निष्कर्षका पुग्न सकेका छैनन्।
स्थानीय प्रहरीले दुर्घटनाका बेला ड्राइभर सिटमा कोही नभएको बताएका थिए भने कारधनीको घरमा लगाइएको सेक्युरिटी क्यामरामा भने ड्राइभरको सिटमा १ जना र अर्को एक जना सँगैको सिटमा बसेको देखिएको यातायात सुरक्षा बोर्डले जनाएको छ।
प्रकाशित: २९ बैशाख २०७८, बुधबार