ह्वाट्स्एप प्रयोगकर्ताको विवरण संकलन रोक्न जर्मनीको नियामकद्वारा फेसबुकलाई आदेश

  • Technology Khabar | २९ बैशाख २०७८, बुधबार
ह्वाट्स्एप प्रयोगकर्ताको विवरण संकलन रोक्न जर्मनीको नियामकद्वारा फेसबुकलाई आदेश

काठमाडौं ।

ह्वाट्सएपले आफ्ना नयाँ गोपनीयता शर्त नमान्ने ग्राहकलाई बिस्तारै विभिन्न फिचर प्रयोगमा रोक लगाउँदै आएको छ।

हालै फेसबुकको यही नीतिका कारण जर्मनीका नियामकहरुले उसलाई प्रयोगकर्ताको विवरण संकलन बन्द गर्ने आदेश दिएको छ।

जर्मनीको डाटा सुरक्षा तथा सूचना स्वतन्त्रता सम्बन्धी ह्याम्बर्गका कमिश्नर योहानेस क्यास्परले एप विज्ञप्ति जारी गर्दै ह्वाट्सएपको अद्यावधिक गरिएको गोपनीयता नीतिमा रहेका विविध समस्याबारे प्रकाश पारेका छन्।

क्यास्परले ह्वाट्सएपको गोपजनीयता नीति जर्मनीको डाटा सुरक्षा अधिकारसम्बन्धी नियमका हिसाबले अवैध रहेको दावी गरेका छन्।

यसै विज्ञप्तिका साग क्यास्परले फेसबुकलाई प्रयोगकर्ताको डाटा संकलन गर्न तीन महिनाका लागि आपतकालीन प्रतिबन्ध लगाउँदै ईयूका डाटा नियामकहरुलाई यूरोपियन यूनियनभर जर्मनीकै नीति अनुसरण गर्न पनि आग्रह गरेका छन्।

यता फेसबुकले भने क्यास्परको दावी अस्वीकार गर्दै आफ्नो नयाँ गोपनीयता नीति लागू गर्नबाट पछि नहट्ने जनाएको छ।

ह्वाट्सएकप नयाँ नीतिका कारण यसका थुप्रै प्रयोगकर्ता टेलिग्राम र सिग्नलतर्फ लागिसकेका छन्। फेसबुकले सन् २०१४ मा मेसेजिङ एप ह्वाट्सएप किनेपछि दुवैका बीच जानकारी साझा गर्नेसम्बन्धी नीतिमा ल्याएको परिवर्तनका कारण आलोचना खेप्दै आइरहेको छ।

प्रकाशित: २९ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २९ बैशाख २०७८, बुधबार

NOC from Nagarik App

  • २९ बैशाख २०७८, बुधबार

E-pension verification system launched

  • २९ बैशाख २०७८, बुधबार