रेडमी नोट १०एस मा भारतमा सार्वजनिक हुनुअघि नै एमआईयूआई १२.५ अपडेट दिइने

  • Technology Khabar | २९ बैशाख २०७८, बुधबार
रेडमी नोट १०एस मा भारतमा सार्वजनिक हुनुअघि नै एमआईयूआई १२.५ अपडेट दिइने

काठमाडौं ।

चिनियाँ कम्पनी शाओमीले आफ्नो रेडमी नोट १०एसमा भारतमा सार्वजनिक हुनुअघि नै एमआईयूआई १२.५ अपडेट उपलब्ध गराउने भएको छ।

कम्पनीले आगामी मे १३ मा यसलाई भारतमा सार्वजनिक गर्ने तालिका तय गरेको छ। सार्वजनिक हुन २ दिन मात्र बाँकी रहँदा यसमा एमआईयूआईको अत्याधुनिक भर्सन १२.५ अपडेट दिइने भएको हो। यसमा अपरेटिङ सिस्टम भने एन्ड्रोइड ११ यथावत नै रहने बुझिएको छ।

एमआईयूआई गत वर्ष डिसेम्बरमा चीनमा तथा अन्तरराष्ट्रिय बजारमा गएको फेब्रुअरीमा सार्वजनिक भएको थियो। यसपछि यसले बिस्तारै धेरैभन्दा धेरै शाओमी तथा रेडमी डिभाइसहरुमा आफ्नो फैलावट विस्तार गर्दै गइरहेको छ।

रेडमी नोट १०एस मा ६.४३ इन्चको १०८०x२४०० पिक्सेलको एमोद्येड डिस्प्ले रहेको छ भने ६र ८ जीबी र्याम तथा ६४ र १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ। यस्तै यसको पछाडि ६४ मेगापिक्सेलको मुख्य लेन्ससहित ८ मेगापिक्सेलको अल्ट्रा वाइडएङ्गल तथा २-२ मेगापिक्सेलको म्याक्रो र डेप्थ सेन्सर रहेको क्वाड क्यामरा सेट अप रहेको छ।

सेल्फीका लागि मेगापिक्सेलको क्यामरा तथा पावरका लागि ३३ वाट फास्ट चार्जिङसहितको ५००० एमएएच क्षमताको ब्याट्री पनि उपलब्ध रहेको छ।

प्रकाशित: २९ बैशाख २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार