नथिङले आफ्नो पहिलो ‘इयर १’ इयर बड जुनमा सार्वजनिक गर्ने

  • Technology Khabar | २८ बैशाख २०७८, मंगलवार
नथिङले आफ्नो पहिलो ‘इयर १’ इयर बड जुनमा सार्वजनिक गर्ने

काठमाडौं ।

वनप्लसका सह संस्थापक कार्ल पेईको टेक स्टार्टअप कम्पनी नथिङले आगामी जुनमा आफ्नो पहिलो टीडब्लूएस इयरबड सार्वजनिक गर्ने बताएको छ।

कम्पनीले यो डिभाइसलाई इयर १ नाम दिइएको बताए पनि यसबारे अन्य आधिकारिक विवरणहरु जस्तै मूल्य, स्पेसिफिकेशन तथा डिजाइनका बारेमा भने केही बताएको छैन।

तर आजको ब्लगमा यसको डिजाइनको स्केच प्रस्तुत गरिएको छ। यी इयरबडहरु टीनएज इन्जिनियरिङको सहकार्यमा डिजाइन हुनेछ भने यसमा स्ट्रिप्ड डाउन एस्थेटिक फिचर रहने पक्का छ।

मार्चमा एउटा कन्सेप्ट डिजाइन बाहिरिएको थियो जसमा यो पारदर्शी वस्तुले बनेको हुने देखाइएको थियो। कम्पनीले गत फेब्रुअरीमा आफूले छिट्टै वायरलेस इयरबड ल्याउने घोषणा गरेको थियो।

कम्पनीले जुनमा उत्पादन सार्वजनिक र विवरणको घोषणा गर्ने बताए पनि कहिलेबाट खर्द गर्न सकिनेछ भन्ने चाहिँ खुलाएको छैन।

प्रकाशित: २८ बैशाख २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार