काठमाडौं ।
रियलमीले गत फेब्रुअरीमा नार्जो ३०ए तथा नार्जो ३० प्रो फाइभजी सार्वजनिक गरेको थियो। कम्पनीले त्यसैको लाइनअपमा रियलमी नार्जो ३० भ्यानिला भर्सन आगामी मे १८ मा सार्वजनिक गर्ने भएको छ।
उक्त डिभाइस रियलमी मलेसियाले आगामी मे १८ मा आफ्नो आधिकारिक फेसबुक पेजमार्पत् सार्वजनिक गर्ने भएको हो।
रियलमीको मलेसिया शाखाले नार्जो ३० मा मिडियाटेकको हिलियो जी९५ एसओसी चिपसेट रहने साथै पावरका लागि ५००० एमएएच ब्याट्री दिइने प्रस्ट पारेको छ। यसको विज्ञापनमा उक्त ब्याट्री २५ मिनेटमा शून्यबाट ५० प्रतिशतसम्म पुग्ने तथा यसमा ३० वाटको डार्ट चार्जर रहने प्रचार गरिएको छ।
यसबाहेक यसक फिंगरप्रिन्ट स्क्यानर साइडपट्टि रहने तथा सेल्फीका लागि पन्चहोलसहितको डिस्प्ले रहने पनि बताइएको छ।
कम्पनीले यसको दुई ओटा फोटो शेयर गर्दै यो दुई रंगमा उपलब्ध हुने र यसको पछाडि ट्रिपल क्यामरा सेटअप रहने प्रस्ट पारेको छ।
प्रकाशित: २८ बैशाख २०७८, मंगलवार