अनुमति बिना आवाज प्रयोग गरेको भन्दै कलाकारद्धारा टिकटक विरुद्ध मुद्धा

  • Technology Khabar | २८ बैशाख २०७८, मंगलवार
अनुमति बिना आवाज प्रयोग गरेको भन्दै कलाकारद्धारा टिकटक विरुद्ध मुद्धा

काठमाडौं ।

एक क्यानाडेली कलाकारले आफ्नो आवाज अनुमति बिना टिकटकको टेक्स्ट-टू-स्पीच कार्यमा प्रयोग गरेको भन्दै टिकटकको विरुद्ध मुद्धा हालेकी छिन् ।

टिकटकको यो फिचरले लेखनलाई स्पिचमा रूपान्तरण गर्दछ, जुन एपमा अपलोड गरिएका भिडियोहरूमा प्ले गर्न सकिन्छ, प्राय: हास्य प्रभावको लागि।

कलाकार बेभ स्ट्यान्डि्गले २०१८ सरकार समर्थित चाइनिज इन्स्टिच्यूट अफ अकोस्टिक रिसर्च बडीको लागि १०,००० वटा वाक्यांश रेकर्ड गरेकी थिईन्।

कानूनी एक्सनको दाबीअनुसार उनको आवाज अब भाइरल भिडियोहरुमा सुन्न सकिन्छ जसमा ‘खराब र आपत्तिजनक भाषा’ को विशेषताको लागी प्रयोग गरिएको छ र यसले उनको प्रतिष्ठालाई अपूरणीय क्षति पुर्याएको उल्लेख रहेको बीबीसीले जनाएको छ ।

उनले भनिन्, ‘मेरो आवाज मेरो उत्पादन हो र यो मेरो व्यवसाय हो । मलाई कुनै शुल्क नतिरीतपाईँले त्यत्तिकै प्रयोग गर्न पाउनुहुन्न ।’

कलाकार स्ट्यान्डि्गको आवाज उत्तर अमेरिकी एपमा स्थानीय तहमा मात्र प्रयोग गरिएको बताईएको छ ।

प्रकाशित: २८ बैशाख २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...