दोस्रो ठूलो क्रिप्टोकरेन्सी ईथरको मूल्यमा रेकर्ड कायम

  • Technology Khabar | २७ बैशाख २०७८, सोमबार
दोस्रो ठूलो क्रिप्टोकरेन्सी ईथरको मूल्यमा रेकर्ड कायम

काठमाडौं ।

क्रिप्टोकरेन्सी ईथरले सोमबार बजारमा यसअघिको ४,००० डलरको रेकर्ड नाघेर नयाँ मूल्य रेकर्ड बनाएको छ । यसका साथै बजारमा क्रिप्टोकरेन्सीहरुको समेत मूल्य बढाएको छ । 

बिटक्वाइन तीन हप्ताको उच्च बिन्दूमा पुगेको छ भने कुनै बेलाको प्यारोडी मुद्रा डज‍िक्वाइनको मूल्य स्थिर रहेको छ । टेस्ला प्रमुख इलन मस्कले आइतवार एक कार्यक्रममा डज‍िक्वाइनको बारेमा कडा टिप्पणी गरेपछि यसको मूल्यमा तीब्र गिरावट आयो।

इथर, ईथरियम ब्लाकचेन प्रयोग गरी कारोबार हुने बिनान्स एक्सचेन्जमा एक दिनको लागी ६ प्रतिशतको वृद्धि भएको थियो जहाँ एशियामा मध्य दिनको आसपास ४,११९ डलर पुगेको थियो । त्यस्तै बिटक्वाइन ५९,६०३ डलरमा पुग्यो भने डज‍िक्वाइन ०.५४ डलरको आसपास भयो।

यो वर्ष बिटक्वाइन दोब्बरले बढेको छ भने इथर पाँच गुणाले बढेको छ । त्यसैगरि ज‍िक्वाइन सयौं गुणाले  वृद्धि भएको छ । एजेन्सी

प्रकाशित: २७ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार