स्पेसएक्सले अर्को वर्ष ‘डजि-१ मिसन टू द मून’ स्याटेलाइट प्रक्षेपण गर्ने

  • Technology Khabar | २७ बैशाख २०७८, सोमबार
स्पेसएक्सले अर्को वर्ष ‘डजि-१ मिसन टू द मून’ स्याटेलाइट प्रक्षेपण गर्ने

काठमाडौं ।

एलन मस्कको कम्पनी स्पेसएक्सले सन् २०२२ को पहिलो त्रैमासमा ‘डजि-१ मिसन टू द मून’ स्याटेलाइट प्रक्षेपण गर्ने भएको छ।

यस अन्तर्गत मस्कको व्यावसायिक रकेट कम्पनी मिमले क्रिप्टोकरेन्सी डजिक्वाइनमार्फत् गरिएको भुक्तानीलाई स्वीकार गरिनेछ।

स्पेसएक्स मस्कले सन् २००२ मा स्थापना गरेको एउटा एरोस्पेस कम्पनी हो।

यसै सम्बन्धमा मस्कले हालै सामाजिक सञ्जालमार्फत् ‘डजि-१ मिसन टू द मून’ स्याटेलाइट प्रक्षेपण गर्ने खुलासा गरेका हुन्।

बिटक्वाइन, इथेरियम तथा बाइनान्स क्वाइनजस्तै डजिक्वाइन पनि एउटा क्रिप्टोकरेन्सी हो। सन् २०१३ मा आईबीएमका दुई सफ्टवयर इन्जिनियरले शुरुवात गरेको यो क्रिप्टोकरेन्सी हाल विश्वकै चोथो नम्बरको  क्रिप्टोकरेन्सी  बन्न सफल भएको छ भने एलन मस्कलगायतले यसको समर्थन गर्दै आइरहेका छन्।

केही दिन अघि मस्कले डजिक्वाइनका बारेमा भाषण गरेपछि यसको मूल्यमा ४४ प्रतिशत गिरावट आएको थियो।

प्रकाशित: २७ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...