मस्कको भाषणपछि डजिक्वाइनको मूल्यमा ४४ प्रतिशतले गिरावट

Technology Khabar २७ बैशाख २०७८, सोमबार

काठमाडौं ।

डजिक्वाइनको मूल्य ४४ प्रतिशतले झरेको छ।

स्याटर्डे नाइट लाइभमा टेस्लाका सीईओ इलन मस्कले थुप्रै प्रचार गरेपनि आइतबार उक्त क्रिप्टोकरेन्सीको मूल्यमा यति धेरै गिरावट आएको हो।

यसमा लगानी गरेका हजाराैंले मस्कको प्रचारपछि बिटक्वाइनजस्तै यसको मूल पनि उकासिने र कम्तीमा १ डलरभन्दा माथि जाने आकलन खेर गएको छ।

मस्कले उक्त इभेन्टको शुरुवाती मन्तव्य तथा एसएनएलको व्यङ्ग्यात्मक कार्यक्रमका बीच पनि डजिक्वाइनको प्रचारमा बोलेका थिए भने आफैंलाई डजिफादरको उपमा दिँदै यसको मूल्य आकाशिएर चन्द्रमामा पुग्ने घोषणा गरेका थिए।

मस्क डजिक्वाइनको समर्थन गर्ने हाइ प्रोफाइल व्यक्तिहरुमा पर्दछन् जो ट्विटरका पोस्टमार्फत क्रिप्टोकरेन्सीको भाउ रातारात चर्काउने सामर्थ्य राख्छन्।

एसएनएलमा उनको उपस्थितिले यसमा रुची राख्ने लगानीकर्ताहरु उत्साहित भए पनि उनले शुक्रबार क्रिप्टोकरेन्सी लाभदायक भए पनि यसमा सोचविचार गरेर मात्र लगानी गर्न आग्रह गरेका थिए। एजेन्सी

प्रकाशित: २७ बैशाख २०७८, सोमबार

तपाइको प्रतिक्रिया