अनियन्त्रित भएको चिनियाँ रकेटको अंश हिन्द महासागरमा खस्यो

  • Technology Khabar | २६ बैशाख २०७८, आईतवार
अनियन्त्रित भएको चिनियाँ रकेटको अंश हिन्द महासागरमा खस्यो

काठमाडौं ।

चिनियाँ रकेट सुरक्षितरुपमा हिन्द महासागरमा खसेको छ । चीनको लङ्ग मार्च ५ बी नामक रकेटलाई  लांग पछाडिबाट धकेल्दै पृथ्वीमा हिन्द महासागरमा खसालिउको चीनले बताएको छ।

यो रकेट पुनः प्रवेशको क्रममा रकेटको ठूलो हिस्सा नष्ट भएको थियो, तर भागहरू ७२.४८° पूर्व र २.६५° उत्तरमा दिशामा अवतरण गरिएको चिनियाँ सरकारी मिडियाले रिपोर्ट गरेको छ।

यो स्थान माल्दिभ्सको पश्चिममा अवस्थित रहेको बीबीसीले उल्लेख गरेको छ । अमेरिका र यूरोपियन ट्र्याकिंग साइटहरूले लङ्ग मार्च ५ बी भेहिकल अनियन्त्रितरुपमा झर्ने भन्दै अनुगमन गरिरहेका थिए। चिनियाँ सरकारी मिडियाले बताएअनुसार रकेटका केही अंश आइतबार १०:२४ बेईजिङ्गको समयमा पुनः पृथ्वीको कक्षमा प्रवेश गरेको थियो ।

अर्कोतर्फ युएस स्पेस कमान्डले भने चिनियाँ लङ्ग मार्च ५बी अरब प्रायद्वीपमा झरेको बताएको छ । तर यसको अंश जमिन वा पानी कहाँ झर्यो भन्ने बताएको छैन् ।

रकेटको पृथ्वीको कक्षमा पुनःप्रवेश गर्न अगाडि डर थियो कि कतै यो बसोबास भएको ठाउँमा झर्नसक्नेछ।  यद्यपि अन्तरिक्ष विज्ञहरूले पूर्वानुमान गरेका थिए कि वास्तवमा अन्तरिक्षको फोहोर टुक्राले कसैलाई पनि चोटपटक लाग्ने सम्भावना एकदम थोरै हुन्छ किनभने पृथ्वीको सतहको धेरै भाग समुद्रले ओगटेको छ र विशाल जमिन क्षेत्र निर्जन छ।

प्रकाशित: २६ बैशाख २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...