
काठमाडौं ।
सनराइज बैंक लिमिटेडले आफ्ना सबै ग्राहकमा डिजिटल भुक्तानी सेवा प्रर्वद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ।
सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।
सेलपे सेलकमद्वारा सञ्चालित नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो। जसले मोबाइल तथा वेबका माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ।
भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ। सेलपेमार्फत गरिएको भुक्तानी वास्तविक समयमा हुने बताईएको छ ।
प्रकाशित: २४ बैशाख २०७८, शुक्रबार