पब्जीको भारतीय भर्सनको पोस्टर सार्वजनिक, डाटा सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी

  • Technology Khabar | २३ बैशाख २०७८, बिहीबार
पब्जीको भारतीय भर्सनको पोस्टर सार्वजनिक, डाटा सुरक्षालाई प्राथमिकतामा राख्ने दाबी

काठमाडौं ।

दक्षिण कोरियाली भिडियो गेम विकासकर्ता क्राफ्टनले ब्याटलग्राउन्ड्स मोबाइल इण्डियाको लन्चिङ्गको घोषणा गरेको छ । यो पब्जीको नयाँ संस्करण हो।

यो क्राफ्टनद्वारा विकसित एक मल्टिप्लेयर मोबाइल गेम हो। ब्याटलग्राउन्ड्स मोबाइल इंडिया आउटफिटहरू र फिचरहरूका साथमा रिलीज हुनेछ। गेमले मोबाइल डिभाइसमा फ्रि टू प्ले अनुभव प्रदान गर्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

ब्याटलग्राउन्ड्स मोबाइल इण्डियाले लडाईको अनुभूति दिन्छ। यसको लन्च हुनु पहिले यसको प्रि-रजिस्ट्रेशन को समय उपलब्ध हुनेछ। यो खेल भारतमा खेल्नको लागि मात्र उपलब्ध हुने बताईएको छ ।

क्राफ्टनले ईस्टस्पोर्ट इकोसिस्टम बनाउन र इन-गेम कंटेन्ट ल्याउन नियमित रूपमा केही साझेदारहरूसँग मिलेर काम गर्नेछ।ब्

क्राफ्टनले आफ्नो साझेदारहरूसँग गोपनीयता र डाटा सुरक्षालाई प्राथमिकतामा राखेर प्रत्येक चरणमा डाटा सुरक्षा सुनिश्चित गर्न काम गर्ने बताएको छ । कम्पनीले भारतीय प्लेयरहरुको गोपनीयता अधिकार सम्मान गरिएको सुनिश्चित गर्नेछ र डाटा कलेक्सनको पूरा संग्रह र स्टोरेज भारत सबै कानून को पालना गरी गरिने जनाएको छ।

पब्जीको नयाँ गेमले भारतीय बजारमा स्थानीय स्तरमा बनाईएको फौजी नामक गेमलाई चुनाैती दिनेछ । भारत सरकारले चिनियाँ एपहरुमाथि प्रतिबन्ध लगाएसँगै भारतमा टेन्सेन्टले उपलब्ध गराएको पब्जी मोबाइल गेम समेत प्रतिबन्धमा परेको थियो । पछि कोरियाली कम्पनीले अधिकार फिर्ता लिएको थियो । एजेन्सीहरु

प्रकाशित: २३ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार