शाओमीको एमआईयूआई १३ जुन २५ मा आउने, २०१९ यताका फोनमा उपलब्ध हुने

  • Technology Khabar | २३ बैशाख २०७८, बिहीबार
शाओमीको एमआईयूआई १३ जुन २५ मा आउने, २०१९ यताका फोनमा उपलब्ध हुने

काठमाडौं ।

शाओमीले आफ्नो यूजर इन्टरफेस एमआईयूआई १२.५ को अपडेट कम्पनीका स्मार्टफोनहरुमा उपलब्ध गराउन बाँकी नै छ। तर कम्पनीले यसको अत्याधुनिक भर्सन एमआईयूआई १३ लाइ सार्वजनिक गर्ने योजना बनाएको छ।

चिनियाँ स्रोतका अनुसार शाओमीका अघिल्ला भर्सनजस्तै यो पनि यसै वर्षको दोस्रो त्रैमास अर्थात जुन महिनातिर सार्वजनिक हुनसक्ने बताइएको छ। यस वर्षका लागि जुन २५ को मिति तोकिएको पनि स्रोतले जनाएको छ।

शाओमी यूआई तथा अन्य सफ्वयर अपडेटहरु ४ वर्ष पुराना भए पनि सस्ता मोडलहरुमा सपोर्ट गर्ने गरी विकास गर्ने भनेर प्रख्यात छ। तर आउँदै गरेको एमआईयूआई १३ भने शाओमी एमआई९ तथा एमआई मिक्स ३ जस्ता फ्ल्यागशिप तथा रेडमी नोट८ सिरिज र रेडमी ८ लाइनअपमा मध्यमस्तरका स्मार्टफोनहरुका लागि उपलब्ध हुने छैनन्।

उक्त नयाँ भर्सनको यूजर इन्टरफेसमा अप्टिमाइज्ड एनिमेशन, नयाँ थिम र वालपेपर तथा थुप्रै सुरक्षात्मक सुधारहरु गरिएको चर्चा भए पनि यसको पक्का विवरण भने सार्वजनिक भएपछि वा हुने केही समयअघि मात्रै यकिन हुनेछ।

प्रकाशित: २३ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २३ बैशाख २०७८, बिहीबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २३ बैशाख २०७८, बिहीबार

NOC from Nagarik App

  • २३ बैशाख २०७८, बिहीबार

E-pension verification system launched

  • २३ बैशाख २०७८, बिहीबार