जेफ बेजोसको ब्लू ओरिजिनले जुलाई २० देखि यात्रुहरुलाई अन्तरिक्ष अवलोकनमा पुर्याउने

  • Technology Khabar | २३ बैशाख २०७८, बिहीबार
जेफ बेजोसको ब्लू ओरिजिनले जुलाई २० देखि यात्रुहरुलाई अन्तरिक्ष अवलोकनमा पुर्याउने

काठमाडौं ।

अमेजनका संस्थापक जेफ बेजोसको एउटा कम्पनीले सर्वसाधारणलाई अन्तरिक्षमा पुर्‍याउन तयार रहेको बताएका छन्।

उनको रकेट कम्पनी ब्लू ओरिजिनले जुलाई २० का दिन यात्रुसहित न्यू शेपर्ड नामक रकेट अन्तरिक्षमा प्रक्षेपण गर्ने बताएको छ।

सो उडानमा कम्पनीका अन्तरिक्ष यात्रु हुने भए पनि एउटा सीट अनलाइनमा लिलाम बढाबढ गरिने बताइएको छ।

सो न्यू शेपर्ड नामक रकेट सब अर्विटल उडान हुनेछ । अमेरिकाको टेक्सासबाट उड्ने रकेट १० मिनेट लामो यात्रामा पृथ्वीबाट सीधा १०० किलोमिटर माथि पुगेर फर्किनेछ। तर उक्त उडानमा बेजोस आफैं हुने वा नहुने विषय स्पष्ट छैन।

पृथ्वीमाथि १०० किलोमिटरको दूरीलाई कार्मान लाइन भनिन्छ जसलाई अन्तराष्ट्रिय सहमतिअनुसार अन्तरिक्षको प्रारम्भिक बिन्दु मानिएको छ।

‘अहिलेसम्म सो लाइनमाथि ५६९ जना मानिस मात्रै पुगेका छन्। हाम्रो नयाँ शेफर्ड यानबाट हामी त्यसमा नाटकीय परिवर्तन गर्दैछौँ,’ कम्पनीको एस्ट्रोनट विक्री निर्देशक एरियाना कोर्नेलले भनिन्।

कम्पनीको घोषणाले १२ वर्षपछि अन्तरिक्ष पर्यटनको ढोका खुल्ने मानिएको छ।

बेजोसका प्रतिस्पर्धी एलन मस्कको स्पेसएक्स कम्पनीले भने केही महिनाभित्रै सबै सर्वसाधारण यात्रु हुने गरि स्पेसएक्स ड्रागनसिपको घोषणा गर्ने अपेक्षा गरेको छ । स्पेसएक्सको यान केही दिन अन्तरिक्षमा रहने बताइएको छ।

ब्लू ओरिजिनको न्यू शेपर्ड १८ मिटर उचाइ र ४ मिटर चौडाइ भएको पुन प्रयोग गर्न सकिने अन्तरिक्ष यान हो।

अन्तरिक्षको कक्षमा पुग्ने टिकटको मूल्य कैयौँ हजारौँ अमेरिकी डलर पर्ने बताइएको छ। कम्पनीले प्रतिसीट दुई लाख डलरसम्म कमाउने अपेक्षा गरिएको छ। सो अक्सनबाट आउने रकम कम्पनीले विज्ञान र प्रविधि शिक्षामा आधारित आफ्नो फाउन्डेसनलाई दिनेछ ।

ब्लू ओरिजिनको अन्तरिक्ष यानको नाम अमेरिकी अन्तरिक्ष यात्री एलन शेपर्डको नाममा राखिएको हो ।

प्रकाशित: २३ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २३ बैशाख २०७८, बिहीबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • २३ बैशाख २०७८, बिहीबार

NOC from Nagarik App

  • २३ बैशाख २०७८, बिहीबार

E-pension verification system launched

  • २३ बैशाख २०७८, बिहीबार