ह्यान्डसेट कम्पनीहरूले भारतमा कामदार र पार्टसको अभावका कारण उत्पादन घटाए

Technology Khabar २३ बैशाख २०७८, बिहीबार

काठमाडौं ।

भारतमा कोरोना संक्रमणको दोस्रो लहरले इलेक्ट्रोनिक्स र मोबाइल ह्यान्डसेटको माग घटाएको छ । यसका साथै प्रायः ह्यान्डसेट कम्पनीहरूले मागको कमी र अन्य कम्पोनेन्टहरूको आपूर्तिमा देखिएको कठिनाइको कारण आफ्नो उत्पादनहरु समेत घटाइरहेका छन्। यसले गर्दा कम्पोनेन्ट आपूर्तिमा कटौतीका साथै लकडाउनका कारण कारखानामा काम गर्ने श्रमिकहरूको संख्या पनि कम पाइरहेका छन्।

यही कारणले, धेरै ह्यान्डसेट कम्पनीहरूले उत्पादन घटाउने निर्णय गरेका छन् र धेरै अझै यस मार्गमा छन्। भारतीय पत्रिका इकोनोमिक टाइम्सको समाचारअनुसार भारतमा प्लान्ट रहेका लाभा इन्टरनेसनल, ट्रान्सन होल्डिंग्स, एमसीएम टेलिकम इक्विपमेन्ट, वीडियोट्याक्स इन्टरनेसनल, वीरा इलेक्ट्रोनिक्स जस्ता धेरै कम्पनीहरूले कोविड १९ को दोस्रो लहरका कारण उत्पादनमा ५० प्रतिशत घटाइरहेका छन्।

केही कम्पोनेन्टहरू र उपकरण निर्माताहरूले उनीहरूका प्लान्टहरू सातदेखि दश दिनको लागि बन्द गरेका छन्। यसमा टीएमबी ब्याट्री, खाई इलेक्ट्रोनिक्स, सेलकम्प, जाबिल, सुनवोडा इलेक्ट्रोनिक्स, जेएसपी इलेक्ट्रोनिक्स, होङ्गङ्ग गुआंग डे टेक्नोलोजी, रश्मि रेयर अर्थ, सहस्र इलेक्ट्रोनिक्स र वीभीडीएन जस्ता कम्पनीहरू छन्।

यी मध्ये धेरै कम्पनीका प्रतिनिधिहरूले बताएअनुसार श्रमिकहरूको सुरक्षा र स्वास्थ्यलाई ध्यानमा राख्दै धेरै प्लान्टहरूमा सातदेखि दश दिनको लागि उत्पादन बन्द गरिएको छ।

नोकिया फोनका कन्ट्र्याक्टर म्यान्यूफ्याक्चरर लाभाले उपभोक्ता मागमा अनिश्चितताको कारण आगामी केही दिन यसको उत्पादन बन्द गर्ने निर्णय गरेको रिपोर्टमा उल्लेख छ । डिक्सन टेक्नोलोजीले आफ्नो एलईडी लाइट म्यान्युफ्याक्चरिंग प्लान्ट पनि बन्द गरेको छ। यी कम्पनीहरूले अहिलेको अवस्थामा माग बढ्ने देखेका छैनन् । यसैले उत्पादन रोक्ने निर्णय गरिएको बताईएको छ ।

प्रकाशित: २३ बैशाख २०७८, बिहीबार

तपाइको प्रतिक्रिया